IME Life New

एशियन लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर घोषणा, कति छ अधिकतम ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनी एशियन लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर घोषणा गरेको छ। मुनाफामा सरिक हुने गरी जारी गरिएका बीमालेखको हकमा इन्स्योरेन्सले आर्थिक वर्ष २०८०।८१ को आर्थिक स्थितिको लेखाजोखाका आधारमा नयाँ स्वीकृत बोनसदर घोषणा गरेको हो।

कम्पनीका अनुसार सावधिक तथा आजीवन बीमालेखको बीमालेखधारक (पोलिसीहोल्डर)ले प्रतिहजार बीमांकमा ६१ देखि ७५ रुपैयाँसम्म बोनस प्राप्त गर्नेछन्। बीमितले आफू जीवित रहँदा पनि र बीमितको निधनपछि पनि बीमांकबराबरको रकम भुक्तानी दिइने (दुई पटक भुक्तानी हुने) यो बीमालेखमा एशियन लाइफको बीमितले सबैभन्दा बढी बोनश रकम प्राप्त गर्दै आएका छन्।

Esewa
Crest

यसैगरी सावधिक प्रकृतिको बीमालेखमा ४५ देखि ६२ रुपैयाँ बोनसदर तय गरिएको छ। बालबालिकाको सावधिक जीवन बीमालेखको हकमा दुई खाले बोनसदर घोषणा गरेको छ। हाल प्रचलनमा नरहेको बाल उच्च शिक्षा बीमालेखका लागि ४२ देखि ५० रुपैयाँ र बालबालिकासम्बन्धी अन्य पुराना र नयाँ बीमालेखको हकमा ४२ देखि ५२ रुपैयाँ बोनसदर निर्धारण गरेको छ।

कम्पनीका अनुसार अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखका लागि प्रतिहजार रुपैयाँ बीमांकबराबर ५० देखि ७० रुपैयाँ बोनसदर घोषणा गरिएको छ।

नेपाल बीमा प्राधिकरणले सामूहिक सावधिक, नवरत्न, जीवन सञ्जीवनी, दम्पती सुरक्षा प्लस, एशियन वार्षिक धनलाभ र भविष्य निधि जीवन बीमाका लागि ४४ देखि ५५ रुपैयाँ वार्षिक बोनसदर स्वीकृत गरेको छ।

यसैगरी एशियन साविधक प्लस, १५ वर्षे अग्रिम भुक्तानी प्लस, सुखी जीवन प्लस र वार्षिक भुक्तानी योजनाका लागि रिभर्सनरी र टर्मिनल बोनस गरी दुई थरी बोनसदरको घोषणा गरेको छ। यसअन्तर्गत टर्मिनल बोनसदर ६ रुपैयाँ र रिभर्सनरी बोनसदर ३८ देखि ५६ रुपैयाँ तोकिएको छ।

टर्मिनल बोनसबापतको रकम बीमितले कम्तीमा १० वर्षसम्म बीमालेखलाई निरन्तरता दिएको अवस्थामा मात्र प्राप्त गर्नेछन्। रिभर्सनरी बोनसबापतको रकम भने समर्पण मूल्ययोग्य बीमालेखका लागि जुनसुकै बेला पनि लागू हुनेछ।

कम्पनीको फ्युचर बोनस प्रोभिजनिङ (भावी बोनस प्रबन्ध)का कारण यस वर्ष पोहोरको भन्दा केही सावधिक बीमालेखमा बोनसदरबापतको रकम घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

67%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS