IME Life New

बीमितलाई भुक्तानी गर्नुपर्ने रु. १ अर्ब जीवन बीमककै खातामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीबाट भुक्तानी प्राप्त गर्नुपर्ने रकमबारे बेखबर हुँदा बीमित वा लाभग्राहीले प्राप्त गर्नुपर्ने ठूलो रकम वर्षाैंदेखि बीमककै खातामा थन्किएको छ।

नेपाल बीमा प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८०।८१ को अन्त्यसम्ममा विभिन्न दाबीअन्तर्गत १ वर्षभन्दा बढी अवधिदेखि भुक्तानी हुँदा बाँकी रकम १ अर्ब १९ करोड ९४ लाख १३ हजार रुपैयाँ पुगेको छ।

Esewa
Crest

महालेखापरीक्षकको कार्यालयको ६२ औँ वार्षिक प्रतिवेदनमा समेत यो विषय समावेश गरिएको छ। महालेखालाई बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार जीवन बीमा कम्पनीबाट पूर्ण परिपक्व दाबी, मृत्यु दाबी, चुक्ता दाबी, जीवित लाभ, आंशिक र आवधिक दाबीवापतको यति ठूलो रकम एक वर्षभन्दा लामो अवधिदेखि जीवन बीमककै खातामा छ।

जीवन बीमालेख परिपक्व भइसकेको भुक्तानी हुन बाँकी रकम ३७ करोड ३७ लाख ९ हजार रुपैयाँ कम्पनीले नै प्रयोग गर्दै आइरहेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा टिप्पणी लेखिएको छ, ‘बीमा प्राधिकरणले भुक्तानी नहुनुको कारणबारे बीमकसँग जानकारी लिने नगरेको साथै बीमा दाबी भुक्तानीमा ढिलाइ हुनुको कारणबारे बीमित नभई बीमक जिम्मेवार हुने हुँदा सो सम्बन्धमा प्राधिकरणले अनुगमन गरी आवश्यक निर्देशन दिनुपर्दछ।’

खासगरी जीवन बीमकले बीमितको प्रस्ताव फारममा अपर्याप्त जानकारी संकलन गर्ने, इन्स्योरेन्स सफ्टवेयरमा बीमित र इच्छ्याइएको व्यक्तिको ठेगाना, सम्पर्क नम्बर, ई–मेल ठेगानालगायतको अपर्याप्त जानकारी प्रविष्ट गर्ने प्रवृत्ति रहँदै आएको छ। यसबाहेक पुराना जीवन बीमकले समय छँदै बीमितको सम्पर्क ठेगाना लगायतको विवरण अध्यावधिक नगर्दासमेत बीमित जीवित रहे नरहेको, लाभग्राही कोही भए नभएको भन्ने यकीन गर्न सकेको छैन।

यसबाहेक जीवन बीमकले परिपक्व दाबीवापत भुक्तानी प्राप्त गर्न बीमितको सम्बन्धमा जानकारी नै सार्वजनिक गर्दैनन्। बीमितले पाउनुपर्ने रकम खातामै जम्मा गरेर ब्याज आम्दानीको लाभ लिइरहेको आरोप लाग्ने जीवन बीमकले अनिवार्य रुपमा परिपक्व दाबीको जानकारी बीमितको नाम र बीमालेख नम्बरसहित वेबसाइटमा प्रकाशन गर्नुपर्ने भए पनि गरेका छैनन्। इजाजत प्राप्त जीवन बीमकमध्ये मेट लाइफ इन्स्योरेन्सले मात्र परिपक्व बीमालेख नम्बरको सूची नियमित रुपमा वेबसाइटमा प्रकाशन गरेको छ। बाँकीको वेबसाइटमा यस्तो जानकारी भेटिन्न।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS