IME Life New

नौ महिनामा बीमकका नयाँ ६३ शाखा विस्तार, थप ५२२ जनाले पाए रोजगारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरुबीच गाभ्ने र गाभिने क्रममा खुम्चिएका बीमकको कार्यालयहरुको संख्या पुनः थपिँदै जान थालेको छ। देशको अर्थतन्त्रमा शिथिलताका बाबजुद जीवन र निर्जीवन दुवै खाले बीमकले बीमितको सुविधाका लागि शाखा कार्यालय थप्ने क्रमलाई पुनः गति दिएका छन्।

नेपाल बीमा प्राधिकरणका अनुसार पछिल्लो समयमा इजाजतप्राप्त गरेका सातवटा लघु बीमकले तोकिएका प्रदेशहरुमा प्रधान कार्यालयबाहेक शाखा, उपशाखा कार्यालयहरु सञ्चालनमा ल्याएकाले शाखा सञ्जाल बिस्तार भएको देखिएको हो। शाखा सञ्जाल विस्तारमा जीवनभन्दा निर्जीवन बीमक बढी सक्रिय देखिएका छन्।

Esewa
Crest

प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०८१।८२ को तेस्रो त्रैमास (साउन–चैत)सम्म बीमकको शाखा संख्या २.१५ प्रतिशतले वृद्धि भएको छ। जीवन बीमकको ११ र निर्जीवन बीमकको ५२ वटा शाखा थपिएका छन्। जीवन बीमकको शाखा संख्या जम्मा ०.६० प्रतिशतले थपिँदा निर्जीवन बीमकको शाखा संख्या ४.७१ प्रतिशतले वृद्धि भएको छ।

प्राधिकरणले प्रकाशन गरेको तथ्यांकअनुसार चैतसम्ममा जीवन बीमकको शाखा संख्या १ हजार ८४४ र निर्जीवन बीमकको १ हजार १५५ शाखा कार्यालय सञ्चालनमा रहेको छ। अघिल्लो वर्ष चैतसम्म जीवन बीमकको शाखा संख्या १ हजार ८३३ र निर्जीवन बीमकको १ हजार १०३ शाखा कार्यालय सञ्चालनमा थिए।

शाखा संख्या थपिएसँगै चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बीमकको कुल जनशक्ति ४.५१ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष ११ हजार ५६९ जना प्रत्यक्ष रोजगारीमा रहेको अवस्थामा समीक्षा अवधिसम्म यो संख्या बढेर १२ हजार ९१ पुगेको छ।

चालु आर्थिक वर्षको चैतसम्म जीवन बीमकमा कुल ६ हजार ५५ र निर्जीवन बीमकमा ६ हजार ३६ जनशक्तिले प्रत्यक्ष रोजगार प्राप्त गरेका छन्। अघिल्लो वर्ष चैतसम्म जीवन बीमकमा ५ हजार ७९४ र निर्जीवन बीमकमा ५ हजार ७७५ जनशक्तिले प्रत्यक्ष रोजगार प्राप्त गरेका थिए। यो हिसाबले जीवन बीमकको जनशक्ति ४.५ प्रतिशतले बढेको छ भने निर्जीवन बीमकको ४.५२ प्रतिशतले बढेको छ।

प्राधिकरणबाट इजाजतप्राप्त १४ जीवन बीमक, १४ निर्जीवन बीमक र ७ वटा लघु बीमक कम्पनी सञ्चालनमा छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS