काठमाडौं । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८१ /८२ को तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेका छन् । कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको यसै अवधिको तुलनामा कम्पनीहरुको खुद बीमाशुल्क आर्जन ११ प्रतिशतले बढेको हो ।
यस अवधिसम्ममा कम्पनीहरुले १ खर्ब २२ अर्ब ६४ लाख ३८ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका छन् । अघिल्लो वर्षको यसै अवधिमा यी कम्पनीहरुले १ खर्ब ९ अर्ब ६१ करोड ७५ लाख ५ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेका थिए ।
समीक्षा अवधिसम्ममा सबैभनदा धेरै नेपाल लाइफले खुद बीमाशुल्क संकलन गरेको छ । यस अवधिसम्ममा कम्पनीले ३२ अर्ब ५० करोड ७२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिको तुलनामा खुद बीमाशुल्क आर्जन ११.६१ प्रतिशतले बढी हो ।
दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिसम्ममा १४ अर्ब ७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिको तुलनामा खुद बीमाशुल्क आर्जन ११.४८ प्रतिशतले बढी हो । तेस्रोमा एलआइसी नेपाल रहेको छ । यस अवधिसम्ममा कम्पनीले १३ अर्ब ९५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिको तुलनामा खुद बीमाशुल्क आर्जन ८.४३ प्रतिशतले बढी हो ।
त्यस्तै, हिमालयन लाइफले १२ अर्ब १८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १.३३ प्रतिशतले बढी हो । राष्ट्रिय जीवन बीमा कम्पनीले ७ अर्ब ७३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ०.५६ प्रतिशतले बढी हो । सूर्यज्योति लाइफले ७ अर्ब ५१ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १७.८५ प्रतिशतले बढी हो ।
त्यसैगरी एशियन लाइफले ६ अर्ब ३७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १३.६१ प्रतिशतले बढी हो । सिटिजन लाइफले ४ अर्ब ८१ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन २०.६७ प्रतिशतले बढी हो ।
सानिमा रिलायन्स लायफले ४ अर्ब ६५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १५.८८ प्रतिशतले बढी हो । मेट लाइफले ४ अर्ब २६ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ७.२७ प्रतिशतले बढी हो ।
यता, आइएमई लाइफले ३ अर्ब ६० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १५.६५ प्रतिशतले बढी हो । प्रभु महालक्ष्मी लाइफले ३ अर्ब ४९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १७.८१ प्रतिशतले बढी हो ।
रिलायबल नेपाल लाइफले ३ अर्ब ४७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन २७.१८ प्रतिशतले बढी हो । सन नेपाल लाइफले ३ अर्ब ३४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ३४ प्रतिशतले बढी हो ।

















