IME Life New

तेस्रो त्रैमासमा एलआइसी नेपालको उत्साहजनक प्रगति, जीवन बीमा कोषको आकार १ खर्ब २९ अर्ब

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एलआइसी नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीको अधिकांश सूचकमा बृद्धि भएको देखिएको छ ।

५ अर्ब रुपैयाँ शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म शेयर प्रिमियम शिर्षकमा ४९ करोड ८० लाख रुपैयाँ राखेको छ । महाविपत्ती कोषमा ६७ करोड ७६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३ अर्ब ३७ करोड ३९ लाख रुपैयाँ र अन्य इक्विटीमा ३९ करोड ८९ लाख रुपैयाँ रहेको छ।

Esewa
Crest

कम्पनीले तेस्रो त्रैमाससम्म २३ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा २२ दशलमव ६५ प्रतिशतले बढेको हो ।

तेस्रो त्रैमाससम्म कम्पनीले १४ अर्ब ३ करोड ८९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १२ अर्ब ८९ करोड ७४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ८ दशलमव ८५ प्रतिशतले बढेको हो ।

कम्पनीले समीक्षा अवधिसम्म १३ अर्ब ९५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १२ अर्ब ८६ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा खुद बीमाशुल्क आर्जन ८ दशलमव ४७ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिसम्ममा कम्पनीले पुनर्बीमा मार्फत ८ करोड ४४ लाख रुपैयाँ खर्चिएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले पुनर्बीमा मार्फत २ करोड ७५ लाख खर्चिएको थियो । कम्पनीले यस अवधिसम्ममा अभिकर्ता कमिशन मार्फत ९८ करोड २८ लाख रुपैयाँ खर्चिएको छ ।

समीक्षा अवधिसम्म कम्पनीको जीवन बीमा कोष १ खर्ब २९ अर्ब ८० करोड रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीको जीवन बीमा कोष १ अर्ब १७ अर्ब ४ करोड थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार बढेको छ ।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ६ रुपैयाँ २९ पैसा रहेको छ। पीई रेसियो १५४.६३ गुणा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १९८.९७ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS