IME Life New

सिटिजन लाइफको खुद ब्यापार २०.६७% ले बढ्यो, अधिकांश सूचकमा आकर्षक प्रगति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीको अधिकांश सूचकमा आकर्षक प्रगति झल्किएको छ ।

५ अर्ब रुपैयाँ शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म शेयर प्रिमियम शिर्षकमा ४४ करोड ९६ लाख रुपैयाँ राखेको छ । महाविपत्ती कोषमा २१ करोड १२ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ९८ करोड ४५ लाख रुपैयाँ र अन्य इक्विटीमा ७० करोड रुपैयाँ रहेको छ।

Esewa
Crest

कम्पनीले तेस्रो त्रैमाससम्म ३५ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २८ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा २७ प्रतिशतले बढेको हो ।

तेस्रो त्रैमाससम्म कम्पनीले ५ अर्ब ८ करोड २५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ४ अर्ब २४ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन १९ प्रतिशतले बढेको हो ।

कम्पनीले समीक्षा अवधिसम्म ४ अर्ब ८१ करोड ६२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ३ अर्ब ९९ करोड ११ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा खुद बीमाशुल्क आर्जन २० दशलमव ६७ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिसम्ममा कम्पनीले पुनर्बीमा मार्फत २६ करोड ६२ लाख रुपैयाँ खर्चिएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले पुनर्बीमा मार्फत २५ करोड २६ लाख खर्चिएको थियो ।

समीक्षा अवधिसम्म कम्पनीको जीवन बीमा कोष १८ अर्ब २ करोड रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीको जीवन बीमा कोष १२ अर्ब ५१ करोड थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार बढेको छ ।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ९ रुपैयाँ ५४ पैसा रहेको छ। पीई रेसियो ५२.१६ गुणा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १४६.९१ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS