IME Life New

हालसम्म १८ बीमा कम्पनीले घोषणा गरे लाभांश, कुनले कति दिँदैछन् बोनश र नगद ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०८०।८१ का लागि हालसम्म १३ वटा बीमा कम्पनीले लाभांश घोषणा गरेका छन् । जसमध्ये ९ वटा जीवन बीमा कम्पनी र ९ वटा निर्जीवन बीमा कम्पनी छन् । लाभांश घोषणा गर्नेमा जीवन बीमातर्फ एलआईसी नेपाल, नेशनल लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ, प्रभु महालक्ष्मी लाइफ, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ, आइएमई लाइफ इन्स्योरेन्स, नेपाल लाइफ र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् ।

निर्जीवन तर्फ एनएलजी इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, सानिमा जीआईसी इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, नेको इन्स्योरेन्स र शिखर इन्स्योरेन्स छन् । यी कम्पनीले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।

Crest

एलआइसी नेपाल
लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले आर्थिक वर्ष २०८०।८१ को नाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्तपुँजी ५ अर्ब रुपैयाँको कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद लाभांश रहेको छ । कम्पनीले पनि साधारण सभा तथा बुक क्लोज मिति तय गरेको छैन् ।

नेशनल लाइफ इन्स्योरेन्स
नेशनल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्तापुँजीको ५ प्रतिशत बोनश शेयर र १० प्रतिशत नगद लाभांश गरी १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले साधारण सभा तथा बुक क्लोज मिति तय गरेको छैन् ।

कम्पनीले प्रस्ताव गरेको सो नगद लाभांश र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि भने ०.७८९४७३ प्रतिशतका दरले नगद लाभांश समायोजन गर्ने जनाएको छ ।

रिलायबल नेपाल लाइफ
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । कम्पनीको बैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले १२ प्रतिशतका दरले बोनश शेयर तथा लाभांशमा लाग्ने कर प्रयोजनका लागि ० दशलमव ६३१५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको । कम्पनीको सो प्रस्तावित लाभांश प्राधिरकणले स्वीकृत गरेपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । कम्पनीले साधारण सभाको मिति तय गरेको छैन ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स
कम्पनीले आर्थिक वर्ष २०८०।८१ का लागि वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.४२१ प्रतिशत नगद लाभांश छन् । कम्पनीले आठौँ वार्षिक साधारण सभा जेठ २६ गते गर्ने भएको छ ।

कम्पनीले सािधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि जेठ १६ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण जेठ १५ गते बिदा परेकाले जेठ १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले प्रस्तावित लाभांश पाउनुको साथै सभामा भाग लिन सक्नेछन् ।

आइएमई लाइफ इन्स्योरेन्स
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुका लागि आकर्षक प्रतिफल घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्तापुँजीको २१.०५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले वार्षिक साधारण सभा पनि सम्पन्न गरिसकेको छ ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स
कम्पनीले आर्थिक वर्ष २०८०।८१ का लागि गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरणयोग्य लाभांशबापत चुक्तापुँजीको कुल ९.२४८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा १.२४८९ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश छन् । कम्पनीको साधारण सभा सम्पन्न भइसकेको छ ।

सूर्यज्योति लाइफ इन्स्योरेन्स
कम्पनीले गत वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा कम्पनीले २० प्रतिशत नै नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। यस कम्पनीले साधारणसभा पनि सम्पन्न गरिसकेको छ ।

नेपाल लाइफ इन्स्योरेन्स
कम्पनीले गत वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । जसमा कम्पनीले १० प्रतिशत बोनस शेयर वितरण गर्नेछ भने ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले २५ औँ वार्षिक साधारणसभा माघ २८ गते सम्पन्न गरिसकेको छ ।

सिटिजन लाइफ इन्स्योरेन्स
कम्पनीले आर्थिक वर्ष २०८०।८१ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल २८.४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । जसमा २६.९८ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश छन्। कम्पनीले साधारण सभा पनि सम्पन्न गरिसकेको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स
हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको ८.७५ प्रतिशत नगद (लाभांशमा लाग्ने करसमेत) लाभांश दिने निर्णय गरेको छ । कम्पनीले वार्षिक साधारणसभा सम्पन्न गरिसकेको छ ।

सानिमा जीआईसी इन्स्योरेन्स कम्पनी
कम्पनीले हाल कायम चुक्तापुँजीको ७.५ प्रतिशत बोनस शेयर र ०.३९४७ प्रतिशत नगद लाभांश कर प्रयोजनार्थ दिने निर्णय गरेको हो। कम्पनीले चैत २१ गते साधारण सभा सम्पन्न गरिसकेको छ ।

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स
कम्पनीले हाल कायम चुक्तापुँजीको ९.७३६८ प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको छ । कम्पनीले आफ्नो २७ औँ वार्षिक साधारणसभा फागुन २५ गते सम्पन्न गरिसकेको छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्तापुँजीको ३० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । कम्पनीले फागुन १५ गते ३१ औँ वार्षिक साधारणसभा सम्पन्न गरिसकेको छ ।

शिखर इन्स्योरेन्स
कम्पनीले आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार ३०० रुपैयाँको कुल १०.५२६३ प्रतिशतले हुन आउने २७ करोड ९४ लाख ६८ हजार १३७ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको छ । जसमा १० प्रतिशतले हुन आउने २६ करोड ५४ लाख ९४ हजार ७३० रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने १ करोड ३९ लाख ७३ हजार ४०७ रुपैयाँ नगद लाभांश छन् । कम्पनीले आफ्नो २० औँ वार्षिक साधारणसभा फागुन १३ गते सम्पन्न गरिसकेको छ ।

नेपाल इन्स्योरेन्स
कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले चैत १९ गते, मंगलबार, ७६ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्तापुँजीको १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने भएको छ । जसअनुसार कम्पनीले शेयरधनीहरुलाई ३९ करोड ३३ लाख ९५ हजार ७३० रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । कम्पनीले वैशाख २८ गते वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ कम्पनीले वैशाख १७ गते बुक क्लोज गरेको थियो । यसको अर्थ वैशाख १६ गतेसम्म कायम शेयरधनीहरुमात्रै लाभांश पाउन योग्य हुनेछन् ।

नेको इन्स्योरेन्स
कम्पनीले आर्थिक वर्ष २०८०।८१ का लागि गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत नगद लाभांश छन् ।जेठ ९ गते साधारण सभा सम्पन्न गरिसकेको छ ।

एनएलजी इन्स्योरेन्स
कम्पनीले आर्थिक वर्ष २०८०।८१ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९२० रुपैयाँको कुल २.६३१५७९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा २.५ प्रतिशतले हुन आउने ६ करोड २५ लाख ६६ हजार ४४८ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.१३१५७९ प्रतिशतले हुन आउने ३२ लाख ९२ हजार ९७१ रुपैयाँबराबरको नगद रहेको छ ।

कम्पनीले साधारणसभा र लाभांश प्रयोजनार्थ कम्पनीले जेठ २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ २१ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। कम्पनीले आफ्नो १९ औँ वार्षिक साधारणसभा जेठ २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS