IME Life New

प्रभु महालक्ष्मी लाइफले बढायो व्यापार, साढे ४३%ले बढ्यो जीवन बीमा कोषको आकार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले अधिकांश सूचकमा सुधार गरेको छ। तेस्रो त्रैमाससम्म कम्पनी २७ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २६ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ०.६७ प्रतिशले बढेको छ।

Esewa
Crest

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म चुक्तापुँजी ४ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ रहेको कम्पनीको शेयर प्रिमियममा १ करोड ९३ लाख रुपैयाँ, महाविपत्ति कोषमा १० करोड ४७ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ७९ करोड ४५ लाख रुपैयाँ र अन्य इक्विटीमा ११ करोड ५७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको असार मसान्तसम्म कम्पनीको शेयर प्रिमियममा १ करोड ९३ लाख रुपैयाँ, महाविपत्ति कोषमा ९ करोड ६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ९५ करोड ६१ लाख रुपैयाँ र अन्य इक्विटीमा ९ करोड ५१ लाख थियो। अघिल्लो वर्षको तुलनामा महाविपत्ति कोष र अन्य इक्विटको आकार बढेको छ।

तेस्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब ५८ करोड २५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ३ अर्ब ६ करोड ४० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन १६.९२ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म कम्पनीले ३ अर्ब ४९ करोड २० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २ अर्ब ९६ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा खुद बीमाशुल्क आर्जन १७.८१ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म कम्पनीको जीवन बीमा कोषमा १२ अर्ब ८० करोड १८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा ८ अर्ब ९१ करोड ४५ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ४३.६१ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी ७.६४ रुपैयाँ, पीई रेसियो ७१.६९ गुणा र प्रतिशेयर नेटवर्थ १२१.८९ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS