IME Life New

अभिकर्ता इन्सेन्टिभ सम्बन्धि नयाँ प्रावधान लागू गर्न जीवन बीमकको आनाकानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा नियमावली २०८१ मार्फत लागू गरिएको इन्सेन्टिभ(प्रोत्साहन रकम) सम्बन्धि प्रावधानमा जीवन बीमकले आनाकानी गरिरहेका छन्।

नियमावलीमा बीमालेख नविकरण दरका आधारमा इन्सेटिभ वितरण गर्नुपर्ने प्रावधान छ। यस्तो प्रावधानका विपरित बीमकले अभिकर्ताले विगतमा बिक्री गरेका बीमालेखको नविकरण दरलाई बेवास्ता गर्दै साबिकमा झैं प्रोत्साहनवापतको पुरै रकम उपलब्ध गराई रहेका हुन् ।

Esewa
Crest

बीमा नियमावली २०८१ को नियम ४४ मा अभिकर्ताको कमिशन तथा इन्सेन्टिभ सम्बन्धि प्रावधान समेटिएको छ। यो निमयनको उपनियमन ३ मा प्रोत्साहन (इन्सेन्टिभ) रकम प्रदान गर्दा प्रत्येक अभिकर्तामार्फत् जारी भएको बीमालेखको नवीकरण अनुपातको आधारमा अनुसूची १० मा उल्लेख भए बमोजिमको रकम कट्टा गरेर मात्र भुक्तानी गर्नुपर्ने प्रावधान छ।

नियमावलीको यस्तो प्रावधानलाई जीवन बीमकले लागू गर्न आनाकानी गरिरहेका छन् । अभिकर्ताहरूको दबाबका कारण यो प्रावधानलाई लागू गर्न जीवन बीमकले ढिलासुस्ती गरिरहेका छन् । केही बीमकले आंशिकरूपमा लागू गरेपनि अझैसम्म ‘पर्ख र हेर’ को अवस्थामा छन् ।

बीमा नियमावली २०८१ को नियम ४४ सँग सम्बन्धित अभिकर्ता प्रोत्साहन(इन्सेन्टिभ) सम्बन्धि व्यवस्था

बीमालेख नविकरण दर कमजोर हुने अभिकर्तालाई निरूत्साहन गर्न र व्यवसायीक अभिकर्तालाई प्रोत्साहन गर्न बीमालेख बिक्री पछिको सेवा र नविकरण दरमा आधारित रहेर इन्सेन्टिभवापतको रकम निर्धारण गर्ने प्रावधान ल्याइएको हो।

निमयावलीमा नविकरण दर तीस प्रतिशतभन्दा कम हुने अभिकर्ताको इन्सेन्टिभमा २० प्रतिशत, ४५ प्रतिशतभन्दा कम हुने अभिकर्ताको इन्सेन्टिभ १५ प्रतिशत कटाैती गर्नुपर्ने प्रावधान छ। यसैगरी साठी प्रतिशतसम्म हुने अभिकर्ताको १० प्रतिशत र साठी देखि पचहत्तर प्रतिशतसम्म नविकरण दर हुने अभिकर्ताको ५ प्रतिशत इन्सेन्टिभ कट्टा गर्ने व्यवस्था छ।

कुनै पनि प्रोत्साहन सम्बन्धित व्यक्ति वा समूहको कार्य सम्पादनको उत्कृष्टताको आधारमा तय हुनुपर्छ। जीवन बीमा क्षेत्रमा अभिकर्ता इन्सेन्टिभमा कार्य सम्पादन उत्कृष्टतालाई अाधार नबनाइ प्रथम बीमाशुल्क आम्दानीको आधारमा मात्र वितरण गरिंदै आएकाले बीमालेख व्यतित हुने वा समर्पण हुने दर अधिक रहेको थियो।

इन्सेन्टिभ कट्टा गरे काम नगर्ने धम्की दिएकाले असारमसान्त पछि मात्र कट्टा सम्बन्धित प्रावधान लागू गर्ने अनाैपचारिक सहमतिका आधारमा कट्टा नगरी इन्सेन्टिभ वितरण भइरहेको सम्बद्ध श्रोतले जानकारी दिएको छ। आर्थिक वर्षको अन्त्य नजिकिंदै गरेको र नियमावलीको प्रावधान पनि फागुन १२ गतेदेखि मात्र लागू भएकाले यो आर्थिक वर्षका लागि प्रावधान लागू नगरेर नेपाल बीमा प्राधिकरणबाट समेत मोलाहिजाको अपेक्षा गरिरहेका छन् ।

बीमितको आम्दानीको स्तर, आयश्रोतको स्थायीत्व, आयश्रोतको प्रकृती र बचत क्षमतालाई बिल्कुलै बेवास्ता गर्दै जीवन बीमा गराउने प्रवृत्तीका कारण सर्वसाधारण बीमित पीडित हुनु परेको छ। इन्सेन्टिभ सम्बन्धित नयाँ प्रावधानले वरिष्ठ अभिकर्ता र एजेन्सी म्यानेजरहरू आफ्ना पुराना बीमितसँग नियमित सम्पर्कमा रहेर बिक्री पछिको सेवा मात्र दिने नभएर नव प्रवेशि अभिकर्तालाई समेत बिक्री पछिको सेवाका लागि निरन्तर बीमितको घरदैलोमा जान प्रोत्साहन दिने अपेक्षा छ।

नविकरण दर सम्बन्धमा यकीन गर्न, बीमकले सम्बन्धित अभिकर्ता र निजको मातहतका अभिकर्ताले बिक्री गरेका बीमालेखहरूको नविकरण दरलालाई ट्रयाक(पहिचान) गर्ने स्वचालित प्रणाली जीवन बीमा सफ्टवेयरमा विकास गर्ने काम भइरहेको जीवन बीमकले जानकारी दिएका छन् । यो काम सामान्य अवस्थाको भन्दा शर्त सहितको अवस्था अनुसार लागू गर्नुपर्ने भएकाले सफ्टवेयरको निर्माणमा केही समय लाग्न सक्ने उनीहरूको प्रतिकृया छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS