IME Life New

नेपाली सेनाको सैन्य पदमा नयाँ भर्ना खुल्यो, २६०० जनालाई अवसर (सूचनासहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली सेनाले सैन्य पदमा ठूलो संख्यामा भर्ना खुलाएको छ।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालयले आज एक सूचना प्रकाशित गरी सैन्य पदमा २ हजार ६०० जनाका लागि भर्ना खुलाएको हो। यो भर्ना सेनाले खुला तथा समावेशी प्रतियोगिताबाट गर्न लागेको छ।

Esewa
Crest

सैन्य पदमा आवेदन कम्तीमा ८ कक्षा उत्तीर्ण गरेको प्रमाणपत्रमा जीपीए–२ अनिवार्य हुनुपर्ने र कुनै पनि विषयमा डी प्लस भन्दा कम हुन नहुने व्यवस्था गरिएको छ। आवेदकको उचाइ पुरुषको हकमा न्यूनतम ५ फिट ३ इन्च र महिलाको हकमा ५ फिट निर्धारण गरिएको छ।

उमेर हदबन्दी १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको हुनुपर्ने तोकिएको छ। नेपाली सेनाको बहालवाला उम्मेदवारको हकमा २६ वर्ष ननाघेको हुनुपर्नेछ।

इच्छुक उम्मेदवारले आफूलाई पायक पर्ने भर्ना केन्द्रमा गएर वैशाख २७ गतेसम्म दरखास्त दिन सक्नेछन्। दोब्बर दस्तुर तिरी जेठ ३ गतेसम्म दरखास्त दिन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS