IME Life New

घटेन नेशनल लाइफको बोनसदर, बीमितलाई अधिकतम रु. ८५

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०।८१ का लागि बोनसदर घोषणा गरेको छ।

कम्पनीले अघिल्लो वर्षको तुलनामा बोनसदर नघटाई घोषणा गरेको हो। कम्पनीको आर्थिक वर्ष २०८०।८१ को बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएअनुरुप कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने (बोनस लिने) गरी जारी बीमालेखहरुमा नयाँ बोनसदर सार्वजनिक गरेको हो। कम्पनीले जारी गरेको विभिन्न पोलिसीमा न्यूनतम ६३ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ।

Esewa
Crest

सावधिक जीवन बीमालेख

सावाधिक जीवन बीमालेखमा कम्पनीले न्यूनतम ६४ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ। कम्पनीले प्रतिहजार ० देखि ९ वर्षसम्मको अवधिका लागि ६४ रुपैयाँ, १० देखि १४ वर्षसम्मको अवधिका लागि ६४ रुपैयाँ, १५ देखि २० वर्षसम्मको अवधिका लागि ६४ रुपैयाँ, २१ देखि २५ वर्षसम्मको अवधिका लागि ७० रुपैयाँ, २६ वर्षदेखि २९ वर्षसम्मको अवधिका लागि ८५ रुपैयाँ र ३० वर्ष वा सोभन्दा माथि अवधिका लागि कम्पनीले ८५ रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ। कम्पनीले १५ देखि १९ वर्ष अवधिको बीमालेख २ लाख ३६ हजार ३३४ वटा बिक्री गरेको छ। यस अवधिमा बीमितले प्रतिहजार ६४ रुपैयाँ बोनस प्राप्त गर्नेछन्।

सावधिक तथा आजीवन बीमालेख

सावधिक जीवन बीमालेखको हकमा कम्पनीले न्यूनतम ६४ रुपैयाँदेखि ८५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ। यस बीमालेखमा कम्पनीले ० देखि ९ वर्षसम्मको का लागि लागि प्रतिहजार ६४ रुपैयाँ, १० देखि १४ वर्षसम्मको अवधिका लागि ६४ रुपैयाँ, १५ देखि २० वर्षसम्मको अवधिसम्मका लागि ६४ रुपैयाँ, २१ वर्षदेखि २५ वर्षसम्मको अवधिका लागि ७० रुपैयाँ, २६ देखि २९ वर्षसम्मको अवधिका लागि ८५ रुपैयाँ र ३० वर्ष वा सोभन्दा माथि अवधिका लागि पनि ८५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ। कम्पनीले १५ देखि २० वर्ष अवधिको यस बीमालेख १ लाख ७ हजार ५३५ वटा बिक्री गरेको छ। यस अवधिमा बीमितले प्रतिहजार ६४ रुपैयाँ बोनस प्राप्त गर्नेछन्।

अग्रिम भुक्तानी सावधिक बीमालेख

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखको हकमा कम्पनीले न्यूनतम ६३ रुपैयाँदेखि ६४ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ। यस बीमालेखमा कम्पनीले ० देखि ९ वर्ष अवधिसम्मको अवधिका लागि प्रतिहजार ६३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको अवधिका लागि ६३ रुपैयाँ, १५ देखि २० वर्ष अवधिसम्मको अवधिका लागि ६४ रुपैयाँ, २१ देखि २५ वर्षसम्मको अवधिका लागि ६४ रुपैयाँ, २६ देखि २९ वर्षसम्मको अवधिका लागि ६४ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि ६४ रुपैयाँसम्म बोनसदर कायम गरेको छ। कम्पनीले १५ देखि २० वर्ष अवधिको यस बीमालेख ४५ हजार ३३८ वटा बिक्री गरेको छ। यस अवधिमा बीमितले प्रतिहजार ६४ रुपैयाँ बोनस प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

17%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS