IME Life New

मुद्दतीको ब्याज दर घट्दा २ गुणा बढ्यो ‘फिक्स्ड डिपोजिट’ जीवन बीमा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपको ब्याज दर एकल अंकको तल्लो बिन्दुमा झारेपछि उचित प्रतिफलको खोजी गर्दै बचतकर्ताहरू पुनः जीवन बीमामा आकर्षित हुन थालेका छन्। एकल बीमाशुल्क(बोलीचालीमा फिक्स्ड डिपोजिट बीमा) भुक्तानी गरेर खरिद गर्न पाइने जीवन बीमालेखमा विशेषगरी पर्याप्त बचत र राम्रो नियमित आम्दानी भएका ग्राहकरू आकर्षित भएका हुन्।

बैंकले दिने मुद्दती ब्याज दर ५ देखि ६ प्रतिशतमा सीमित भएपछि बैंकको निक्षेप परिपक्व भएका वा कुनै ठूलो रकम बचत हुने अवस्थामा रहेका ग्राहकहरू जीवन बीमा कम्पनीले दिने प्रतिफल र जोखिम बहन दुबैको लाभ लिन जीवन बीमालाई प्राथमिकता दिई रहेका छन् ।

Crest

नेपाल बीमा प्राधिकरणका अनुसार, एकल बीमाशुल्क भुक्तानी बीमालेखको बिक्रीवापत जीवन बीमकले संकलन गरेको बीमाशुल्कमा २२९ प्रतिशतको उल्लेख्य वृद्धि देखिएको छ। प्राधिकरणले प्रकाशन गरेको मासिक प्रगती तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०८१।८२ को फागुन मसान्तसम्ममा गत आवको सोही अवधिको तुलनामा बीमकले २.२९ गुणा बढी एकल बीमाशुल्क संकलन गरेका छन् ।

जीवन बीमकले गत आव २०८०।८१ मा कुल १ अर्ब २८ करोड ९६ लाख रूपैयाँ एकल बीमाशुल्क संकलन गरेका थिए। चालू आवको सोही अवधिसम्ममा ४ अर्ब २४ करोड ४१ लाख रूपैयाँ एकल बीमाशुल्क संकलन गरिसकेका छन् ।

एकल बीमाशुल्क भुक्तानी गरिने जीवन बीमालेख, बीमा अवधिभरको सबै बीमाशुल्क एकमुष्ठ भुक्तानी गर्न सकिने सुविधा भएको बीमालेख हो। यसमा बीमालेख खरिद गर्ने समयमा नै बीमितले सबै बीमाशुल्क एकमुष्ठ भुक्तानी गरिदिएको हुन्छ।

जीवन बीमा कम्पनीमा एकल बीमाशुल्क भुक्तानी गरेर बीमा गर्दा बीमाङ्क रकम मात्र नभएर अतिरिक्त लाभ रोजेको अवस्थामा तीन गुणासम्म जोखिम बहन हुन्छ। यसबाहेक शुरूको वर्षदेखि नै बोनश आम्दानी शुरू हुन्छ। अर्कोतर्फ पैसा आवश्यक परि हाले बीमालेखको धितोमै कर्जा पाइन्छ, त्यो पनि कुनै सेवा शुल्क तिर्नुपर्दैन। नियमित किस्ता तिर्नुपर्ने बाध्यता पनि हुँदैन।

मासिक वा त्रैमासिक व्यवसायीक लक्ष्य पुरा गर्नुपर्ने दबाबमा रहने अभिकर्ता वा बीमकको प्रतिनिधिले कमिशनवापतको रकम समेत बीमितलाई नै फिर्ता गरिदिने शर्तमा बीमाका लागि प्रेरित गर्छन् । यसो गर्दा  बीमितले पुरा बीमाशुल्क तिर्नुपर्दैन, तीन तहको कमिशनवापतको रकम समेत फिर्ता पाउँदा बीमितलाई पनि अतिरिक्त लाभ हुन्छ। अभिकर्ता र बीमकको कर्मचारीले सहजै व्यवसायीक लक्ष्य पुरा गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS