IME Life New
GBIME

एलआईसी नेपालको नयाँ बोनसदर घोषणा, बीमितलाई कुन योजनामा कति ?

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एलआईसी नेपालले आर्थिक वर्ष २०८०।८१ को नयाँ बोनसदर घोषणा गरेको छ। कम्पनीको आर्थिक वर्ष २०८०।८१ को आर्थिक स्थितिको लेखाजोखा तथा दायित्व मूल्यांकनसम्बन्धी बीमांकीबाट तयार गरिएको बीमांकीय प्रतिवेदन बीमा प्राधिकरणको चैत १७ गतेको पत्रमार्फत स्वीकृत भई कम्पनीको मुनाफामा सारिक हुने गरी जारी गरिएका बीमालेखहरुमा दिने बोनसदर प्रतिहजार न्यूनतम ४१ रुपैयाँदेखि ६५ रुपैयाँसम्म घोषणा गरेको हो।

जीवन विद्या ३५२, जीवन साथी ३५७, जीवन श्री ३५३ योजना

Crest

यस योजनामा कम्पनीले प्रतिहजार न्यूनतम ५१ रुपैयाँदेखि ५३ रुपैयाँसम्म बोनस दिने भएको छ। यस बीमा योजनामा प्रतिहजार ५ देखि ९ वर्ष अवधिका लागि ५१ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ५२ रुपैयाँ र १५ देखि १९ वर्ष अवधिका लागि ५३ रुपैयाँ बोनस दिने घोषणा गरेको छ। यस बीमा योजनअन्तर्गत सबैभन्दा धेरै १५ देखि १९ वर्ष अवधिको योजना खरिद भएको छ। यस अवधिको २१ हजार १८८ वटा बीमालेख खरिद भएका हुन्। यस अवधिमा बीमितले प्रतिहजार ५३ रुपैयाँ बोनस पाउनेछन्।

सावधिक (३३३)

यस योजनामा कम्पनीले प्रतिहजार न्यूनतम ५१ रुपैयाँदेखि ६५ रुपैयाँसम्म बोनस दिने भएको छ। कम्पनीले यस बीमा योजनामा प्रतिहजार ५ देखि ९ वर्ष अवधिका लागि ५१ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ५२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ५३ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५५ रुपैयाँ, २५ देखि ३४ वर्षका लागि ६१ रुपैयाँ र ४५ र सोभन्दा माथि अवधिका लागि ६५ रुपैयाँ बोनस दिने घोषणा गरेको छ। सबैभन्दा धेरै १५ देखि १९ वर्ष अवधिको योजना खरिद भएको छ। यस अवधिको १ लाख ९९ हजार १९९ वटा बीमालेख खरिद भएका हुन्। यस अवधिमा बीमितले प्रतिहजार ५३ रुपैयाँ बोनस पाउनेछन्।

जीवन आनन्द (३४२)

यस जीवन बीमा (३४२) योजनामा कम्पनीले प्रतिहजार ५० रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनस दिने भएको छ। यस बीमा योजनमा प्रतिहजार ५ देखि ९ वर्ष अवधिका लागि ५० रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ५२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ५५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५७ रुपैयाँ र २५ देखि माथि अवधिका लागि ६० रुपैयाँ बोनस दिने घोषणा गरेको छ। यस बीमा योजनअन्तर्गत सबैभन्दा धेरै १५ देखि १९ वर्ष अवधिको योजना खरिद भएको छ। यस अवधिको १ लाख २० हजार ३७० वटा बीमालेख खरिद भएका हुन्। यस अवधिमा बीमितले प्रतिहजार ५५ रुपैयाँ बोनस पाउनेछन्।

बाल सावाधिक (३४९) बीमा योजना

बाल सावाधिक (३४९) बीमा योजनामा कम्पनीले प्रतिहजार ५१ रुपैयाँदेखि ६४ रुपैयाँसम्म बोनस दिने भएको छ। यस बीमा योजनमा प्रतिहजार १५ देखि १९ वर्ष अवधिका लागि ५१ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि प्रतिहजार ५५ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिका लागि प्रतिहजार ६३ रुपैयाँ र ३० देखि माथि अवधिका लागि प्रतिहजार ६४ रुपैयाँ बोनस दिने घोषणा गरेको छ। यस बीमा योजनअन्तर्गत सबैभन्दा धेरै १५ देखि १९ वर्ष अवधिको योजना खरिद भएको छ। यस अवधिको ५८ हजार १५ वटा बीमालेख खरिद भएका हुन्। यस अवधिमामा बीमितले प्रतिहजार ५१ रुपैयाँ बोनस पाउनेछन्।

धन वृष्टि (३५८)

यस योजनामा कम्पनीले प्रतिहजार १० वर्षे अवधिका लागि ५५ रुपैयाँ र १५ वर्षे अवधिका लागि ५७ रुपैयाँ बोनस दिने भएको छ।

धन फिर्ता (३३४, ३३५, ३३६, ३३७, ३३९, ३४३)

यस बीमा योजनामा कम्पनीले प्रतिहजार १५ वर्ष अवधिका लागि ५६ रुपैयाँ, २० वर्ष अवधिका लागि ५७ रुपैयाँ र २५ वर्ष अवधिका लागि ६० रुपैयाँ बोनसदर घोषणा गरेको छ। यस बीमा योजनअन्तर्गत सबैभन्दा धेरै १५ वर्ष अवधिको योजना खरिद भएको छ। यस अवधिको १२ हजार १५७ वटा बीमालेख खरिद भएका हुन्। यस अवधिमामा बीमितले प्रतिहजार ५६ रुपैयाँ बोनस पाउनेछन्।

बाल ममता (३४०) र बाल स्नेह (३४१)

यस योजनामा कम्पनीले प्रतिहजार १५ वर्ष अवधिसम्मका लागि ५६ रुपैयाँ र १६ देखि २० वर्ष अवधिका लागि ५७ रुपैयाँ बोनसदर घोषणा गरेको छ। यस बीमा योजनाअन्तर्गत सबैभन्दा धेरै १६ देखि २० वर्ष अवधिको योजना खरिद भएको छ। यस अवधिको १५ हजार ६३७० वटा बीमालेख खरिद भएका हुन्। यस अवधिमामा बीमितले प्रतिहजार ५७ रुपैयाँ बोनस पाउनेछन्।

जीवन तरंग (३४५)

यस योजनामा कम्पनीले प्रतिहजार १० वर्ष अवधिका लागि ५० रुपैयाँ, १५ वर्ष अवधिका लागि ४१ रुपैयाँ र २० वर्ष अवधिका लागि ५५ रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ। यस बीमा योजनाअन्तर्गत सबैभन्दा धेरै २० वर्ष अवधिको योजना खरिद भएको छ। यस अवधिको १४ हजार ५६६ वटा बीमालेख खरिद भएका हुन्। यस अवधिमा बीमितले प्रतिहजार ५५ रुपैयाँ बोनस पाउनेछन्।

न्यु जीवन तरंग (३६०)

यस योजनामा कम्पनीले प्रतिहजार १० वर्ष अवधिका लागि ५० रुपैयाँ, १५ वर्ष अवधिका लागि ५१ रुपैयाँ र २० वर्ष अवधिका लागि ५५ रुपैयाँ बोनदर दिने घोषणा गरेको छ। यस बीमा योजनाअन्तर्गत सबैभन्दा धेरै २० वर्ष अवधिको योजना खरिद भएको छ। यस अवधिको १ हजार ६०९ वटा बीमालेख खरिद भएका हुन्। यस अवधिमा बीमितले प्रतिहजार ५५ रुपैयाँ बोनस पाउनेछन्।

जीवन बचत (३५९)

यस योजनामा कम्पनीले प्रतिहजार ५ देखि ९ वर्ष अवधिका लागि ४१ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ४९ रुपैयाँ र १५ देखि १९ वर्ष अवधिका लागि ५३ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५७ रुपैयाँ र २५ देखि माथि अवधिका लागि ६३ रुपैयाँ बोनदर दिने घोषणा गरेको छ। यस बीमा योजनाअन्तर्गत सबैभन्दा धेरै २५ वर्षदेखि माथि अवधिको योजना खरिद भएको छ। यस अवधिको ६२५ वटा बीमालेख खरिद भएका हुन्। यस अवधिमा बीमितले प्रतिहजार ६३ रुपैयाँ बोनस पाउनेछन्।

जीवन लाभ (३६१)

यस योजनामा कम्पनीले प्रतिहजार १० वर्ष अवधिका लागि ५१ रुपैयाँ, १५ वर्ष अवधिका लागि ५३ रुपैयाँ, २० वर्ष अवधिका लागि ५५ रुपैयाँ र २५ वर्ष अवधिका लागि प्रतिहजार ५७ रुपैयाँ बोनदर दिने घोषणा गरेको छ। यस बीमा योजनाअन्तर्गत सबैभन्दा धेरै १५ वर्ष अवधिको योजना खरिद भएको छ। यस अवधिको ८११ वटा बीमालेख खरिद भएका हुन्। यस अवधिमा बीमितले प्रतिहजार ५३ रुपैयाँ बोनस पाउनेछन्।

लघु सावाधिक (३५४)

यस योजनामा कम्पनीले सबै अवधिका लागि ४१ रुपैयाँ बोनस दिने घोषणा गरेको छ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS