IME Life New

इन्स्योरेन्स कम्पनीहरुमा नक्कली शैक्षिक प्रमाणपत्रधारी कर्मचारीहरुको बिगबिगी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: नेपालमा संचालित निर्जीवन तथा जिवन बीमा कम्पनीका उच्च तहका कर्मचारीको शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली रहेको आधारहरु देखिन थालेका छन, सोहि आधारमा केहि समय अगाडी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीमा कम्पनीका उच्च व्यवस्थापनमा रहेका कर्मचारीहरुको शैक्षिक योग्यता माथी लगातार उजुरी परेपछि बीमा समितिलाई पत्र लेखेर छानविन गर्न निर्देशन दिएको थियो ।

सो निर्देशन अनुसार बिमा समितिले करिब एक महिना अगाडी सबै बीमा कम्पनीहरुलाई पत्र लेखेर विभागीय प्रमुख भन्दा माथिल्लो तहका सबै कर्मचारीको शैक्षिक योग्यताको प्रमाण खुल्ने कागजात एक हप्ताभित्र उपलब्ध गराउन निर्देशन दिएको थियो । सोही अनुसार बीमा कम्पनीको विभागीय प्रमुख भन्दा माथिल्लो तहका कर्मचारीहरुको शैक्षिक योग्यताको प्रमाण खुल्ने कागजात मगाएर अध्ययन थालेको बुझीएको छ।

Esewa
Crest

स्रोतका अनुसार संचालनमा रहेका विभिन्न निर्जीवन तथा जिवन बीमा कम्पनीमा ब्यबस्थापकिय तह देखि तल्लो तह सम्म नक्कली शैक्षिक प्रमाणपत्रधारी कर्मचारीहरुको बिगबिगी रहेको छ, कतिपय कर्मचारीहरुले उपल्लो तहमा बढुवा र केहिले जागिर खान कै लागि पनि नक्कली शैक्षिक प्रमाणपत्रको प्रगोग गरेको जानाकरीमा आएको छ। केहि कर्मचारीहरुले भने कृते शैक्षिक प्रमाणपत्रको समेत प्रयोग गरेको गुनासो बिमा क्षेत्रमा सुनिन थालेको एक बिमा कम्पनीका ब्यबस्थापकिय तहका कर्मचारीले बताउनु भयो ।

संचालनमा रहेका बिमा कम्पनीहरुमा नक्कली शैक्षिक प्रमाणपत्रधारी कर्मचारीहरुको साथ-साथै बिमा समितिले भर्खर जारी गरेको ‘बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ अनुसार न्यूनतम योग्यता नपुग्ने कर्मचारीहरु ठुलो संख्यामा रहेको अनुमान गरिएको छ ।

एक बिमा कम्पनीका उच्चतहका कर्मचारीका अनुसार करिब दुई वर्ष अगाडी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना कर्मचारीहरुको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको गुनासो बढे पछि छानबिन गरेको थियो, त्यस बेला नेपाल लाइफ इन्स्योरेन्सबाट करिब दुई दर्जन नक्कली शैक्षिक प्रमाणपत्रधारी कर्मचारीहरु सेवाबाट राजिनामा गरि जोगीएका थिए, भने केहिलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत-बिबेक झाले राजिनामा गर्न दबाब दिएका थिए, तर नक्कली शैक्षिक प्रमाणपत्रधारी कर्मचारीहरुलाई कुनै कारवाहि तथा सम्बन्धित निकायमा सुइँको समेत दिइएन।

स्रोतका अनुसार नेपाल लाइफ इन्स्योरेन्सबाट राजिनामा गरेका नक्कली शैक्षिक प्रमाणपत्रधारी कर्मचारीहरु अहिले नयाँ बीमा कम्पनी संचालन मा आएसंगै नयाँ बीमा कम्पनीमा प्रवेश गरेका छन्, जानकारी अनुसार नयाँ संचालनमा आएका कम्पनीहरु मध्ये सिटिजन लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, सन् नेपाल लाइफ इन्स्योरेन्स लगायतका कम्पनीमा नक्कली शैक्षिक प्रमाणपत्रधारी कर्मचारीहरु ठुलो संख्यामा रहेको बताईएको छ ।

बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ जारी भएसगै बिमा क्षेत्र थप ब्यबस्थित र अनुशासित हुने बिश्वाश गरिएको छ । इन्स्योरेन्स खबरको उदेश्य पनि नेपालको बिमा क्षेत्र थप ब्यबस्थित र अनुशासित बनोस भन्ने नै हो तसर्थ हामीले यो समाचार कुनै व्यक्ति बिशेष भन्दा संस्थागत/क्षेत्रगत सुशासनको दृष्टिकोणले महत्वपूर्ण हुने हुदा प्रकाशित गरेका हौ, सम्बन्धित समाचारको खोजको प्रक्रिया नियमित रहने छ  ।

बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को पूर्ण प्रतिको लागि तलको लिंकमा जानुहोला http://www.bsib.org.np/documents/Corporate%20Governance-Final.pdf

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS