IME Life New

नेपाल लाइफद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले २०८२ सालको क्यालेन्डर सार्वजनिक गरेको छ।

कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच क्यालेन्डर सार्वजनिक गरिएको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, प्रमुख—बिजनेस अपरेसन ओमप्रकाश पुडासैनी र प्रमुख वित्त अधिकृत प्रेम प्रसाद रेग्मीले संयुक्त रुपमा क्यालेन्डर अनावरण गरेका हुन्। बिदाको सूची, पर्व, दिवस, पञ्चांग तिथि, तारिख समावेश गरी क्यालेन्डर सार्वजनिक गरिएको हो।

Esewa
Crest

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्पूर्ण ग्राहक, कम्पनीको मेरुदण्डका रुपमा रहेका बीमा अभिकर्ताहरु, मार्गनिर्देशन प्रदान गर्ने सञ्चालक पदाधिकारीहरु, आरोह अवरोहमा सदैव साथ दिने कर्मचारीहरु, माया, स्नेह प्रदान गर्ने शेयरधनी, नेपाल बीमा प्राधिकरण, अन्य नियामक निकायहरुका साथसाथै नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीका रुपमा स्थापित गर्न अतुलनिय भूमिका खेल्ने सबै सरोकारवालालाई नयाँ वर्ष २०८२ को अग्रिम शुभकामनासमेत व्यक्त गरेको छ।

आगामी दिनमा कम्पनीलाई थप सशक्त बनाउनका निम्ति नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरुको सेवाको गुणस्तरीयतालाई थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाँउदो योजना ल्याउने उनले बताए। यसका साथै सम्पूर्ण सरोकारवालाहरुको अपेक्षालाई पूरा गर्न कम्पनी दत्त चित्त भएर लागिपर्ने उनले प्रतिबद्धता गरे।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS