IME Life New

नेसनल लाइफको ‘सफलता संगम’: हेटौँडा शाखाबाट ४५ अभिकर्ता सम्मानित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको हेटौँडा शाखाले भने सफलता संगम एमडीआरटी ग्रान्ड मोटिभेसनल एन्ड रिवार्ड कार्यक्रम सम्पन्न गरेको छ।

कम्पनीले एकैपटक नेपालभर ११७ वटा ब्रान्चमा शनिबार सफलता संगम कार्यक्रम गरेको थियो। सोही कार्यक्रममा फागुन महिनामा कम्पनीले ल्याएको मासिक स्किमअन्तर्गत सफलता संगम र राराको यात्रामा पर्न सफल १५ जना र अन्य ३० जना अभिकर्तालाई हेटौँडा शाखाले सम्मान गरेको हो।

Esewa
Crest

हेटौँडा शाखा प्रमुख नारायण कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा कम्पनीका एजेन्सी विभाग प्रमुख सुशीलप्रताप राणा प्रमुख अतिथि, काठमाडौँ तीनकुनेका शाखा प्रमुख सूर्यबहादुर श्रेष्ठ अतिथि, एमडीआरटी दीपक अर्याल प्रशिक्षक अतिथि, राजु श्रेष्ठ अतिथि, एमडीआरटी मिन्द्रबहादुर माझी अतिथि, एमडीआरटी रविन्द्र लामिछाने अतिथि, सिस्नोपानी नेपाल मकवानपुर जिल्ला सचिव एवं मकवानपुर क्याम्पसका प्रमुख सुमाग्री हुमागाई र पूर्वएमडीआरटीद्वय भरत रोक्का र नेसनल रत्न आस्मा पोखरेल अतिथिका रुपमा रहेका थिए। कार्यक्रममा विभिन्न विधामा ४५ जना अभिकर्तालाई सम्मान गरिएको छ। कार्यक्रममा करिब २०० जना अभिकर्ताको उपस्थिति थियो।

कार्यक्रमलाई भव्य र सभ्य बनाउनका लागि नृत्य प्रस्तुत गर्ने व्यावसायिक प्रबन्धक स्मिता आचार्य र विश्वबन्धु रोक्कालाई पनि विशेष धन्यवाद दिइएको थियो। कार्यक्रमको सञ्चालन व्यावसायिक प्रबन्धक राजकुमार चौलागाईंले गरेका थिए। कार्यक्रममा नेसनल हेटौँडा शाखाका व्यावसायिक प्रबन्धकहरुसँग सन्ध्याकालीन कार्यक्रम पनि सञ्चालन गरिएको थियो।

कार्यक्रमको उद्घाटन एजेन्सी विभाग प्रमुख सुशीलप्रताप राणाले पानसमा बत्ती बाली गरेका थिए। कार्यक्रममा विशेषगरी २०२५ का एमडीआरडी भूमिनन्द गौतमलाई विशेष सम्मानका साथ सफलता संगम कार्यक्रममा पर्न सफल हुने र रारा स्किममा पर्न सफल हुने सम्पूर्ण व्यावसायिक प्रबन्धकहरुका साथै विभिन्न स्किममा पर्ने ४५ जना व्यावसायिक प्रबन्धकलाई कम्पनीको व्यावसायिक प्रवर्द्धनका लागि भिजिटिङ कार्ड प्रधान ब्याजलगायत अन्य सामग्रीको हस्तान्तरण गरी सम्मान गरिएको थियो।

कार्यक्रमको उद्देश्यबारे प्रस्ट पार्दै हेटौँडा शाखा कार्कीले बीमाको महत्व बुझाउँदै अब प्रत्येक नेपाली बीमाको दायराबाट बाहिर नहुने गरी बीमा जागरण अभियानमा लाग्न सम्पूर्ण अभिकर्तालाई सुझाव दिए। कार्यक्रमका अन्य वक्ताले पनि अभियानमा एकजुट भएर आमनेपालीलाई बीमाको वास्तविकता बुझाउँदै अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरेका थिए।

कार्यक्रममा एजेन्सी विभाग प्रमुख राणाले हरेक दृष्टिकोणबाट नेसनल लाइफ नेपालकै नम्बर वान कम्पनी भइसकेको बताए। उनले अब निकट भविष्यमै बीमाशुल्क संकलनमा पनि नेपालको प्रथम कम्पनी बनाउनुपर्नेमा जोड दिए।

हरेक नेपालीले बीमाको महत्व नबुझ्नाले ठूलो आर्थिक भारसमेत भोगिरहेको उल्लेख गर्दै राणाले यसको न्यूनीकरण गर्नका लागि चाँडोभन्दा चाँडो प्रत्येक नेपालीले आफ्नो जीवनको सुरक्षा अनिवार्य रुपमा गर्नुपर्नेसमेत बताए। उनले हेटौँडा शाखाले आर्थिक वर्ष २०८०।८१ मा कम्पनीले तोकिएको एमडीआरटी लक्ष्यमा पुग्न सफल भूमिनन्द गौतमलाई दुबोको माला र खादाले सम्मान गरी व्यवसाय वृद्धि गरेको खुसियालीमा सम्पूर्ण अभिकर्ता एकजुट भई केक सेलिब्रेसन गरी कार्यक्रम सम्पन्न गरिएको जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS