IME Life New

जीवन बीमामा अन्तर्राष्ट्रिय असल अभ्यास भित्र्याउन प्राविधिक समिति गठन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमाको क्षेत्रमा विश्वव्यापी रुपमा प्रचलनमा रहेका असल अभ्यासलाई नेपालमा भित्र्याउन जीवन बीमक संघ नेपालको अगुवाइमा प्राविधिक समिति गठन गरेको छ।

प्राधिकरणको अनुरोधमा जीवन बीमक संघले सिटिजन लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत दीपबहादुर बीसीको संयोजकत्वमा पाँच सदस्यीय प्राविधिक समिति गठन गरेको हो। समितिका सदस्यमा आइएमई लाइफका नायब प्रमुख कार्यकारी अधिकृत दिनेशबहादुर अमात्य, सूर्यज्योति लाइफका नायब महाप्रबन्धक राजीव गुरुवाचार्य, नेपाल लाइफको एक्चुअरियल विभागकी सत्या पराजुली र मेट लाइफको प्रडक्ट डेभलपमेन्ट एन्ड म्यानेजमेन्टका निर्देशक सूर्य बी राई छन्।

Esewa
Crest

कस्टमर्स रिजनेबल एक्पेक्टेन्सी (बीमितको अपेक्षा) पूरा गर्ने र ट्रिटिङ कस्टमर फेयरली (बीमितसँग असल व्यवहार) गर्ने दिशामा जीवन बीमा व्यवसायको प्राविधिक पक्षमा गर्नुपर्ने सुधार र परिमार्जनको विषयमा सुझाव पेस गर्ने कार्यादेश समितिले पाएको छ। समितिले जीवन बीमकका तर्फबाट बीमाको उत्पादनमा परिमार्जन, बीमालेखको सर्त, सुविधा, बीमालेख समर्पण र बीमालेखमा भएका प्राविधिक असंगतहरुलाई विश्वव्यापी असल अभ्यासका आधारमा सम्बोधन गर्न समितिले संघका तर्फबाट प्राधिकरणसमक्ष सुझाव पेस गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS