IME Life New

बैंक नोट छाप्न राष्ट्र बैंकको प्रिक्वालिफिकेसनमा परे ६ विदेश कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक नोट छाप्न प्रिक्वालिफिकेसनअन्तर्गत ६ वटा विदेशी कम्पनीलाई छनौट गरेको छ।

राष्ट्र बैंकले छनौटमा परेका विदेशी कम्पनीहरुको सूची आज सार्वजनिक गरेको छ। प्रिक्वालिफाइड कम्पनीहरुमा चीनको चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन, यूकेको डे ला रुई इन्टरनेसनल, जर्मनीको गाइसिकी डेभिरेन्ट करेन्सी टेक्नोलोजी, रसियाको ज्वाइन्ट स्टक कम्पनी ‘गोज्नाक’, फ्रान्सको ओबेरथुर फिडुसिआयर एसएएस र पोल्यान्डको पोलिसी सेक्युरिटी प्रिन्टिङ वर्कस रहेका छन्।

Esewa
Crest

राष्ट्र बैंकले गत जनवरी १० मा नेपाली बैंक नोट डिजाइन, प्रिन्टिङ, सप्लाई र डेलेभर गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो। बोलपत्र पेस गर्नेमध्ये ६ वटा विदेशी कम्पनीलाई राष्ट्र बैंकले प्रिक्वालिफाइड गरेको हो।

अब राष्ट्र बैंकले आउँदा दिनमा बैंक नोट छाप्नका लागि तिनैमध्ये एक विदेशी कम्पनीलाई ठेक्का दिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS