IME Life New

सात महिनामा जीवन बीमा क्षेत्रबाट बाहिरियो ८.५९ अर्ब, एलआइसीको सर्वाधिक सरेन्डर

SPIL
काल्पनिक तस्वीर
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को माघ महिनासम्ममा जीवन बीमा कम्पनीहरुको ६२ हजार बढी बीमालेख सरेन्डर भएको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार माघ महिनासम्ममा ६२ हजार ५२३ वटा बीमालेख समर्पणवापत कुल ८ अर्ब ५९ करोड १ लाख रुपैयाँ बीमा कोषबाट बाहिरिएको हो ।

प्राप्त तथ्याङक अनुसार संचालनमा रहेका जीवन बीमा कम्पनीहरुमध्ये समिक्षा अवधिमा एलआइसी नेपालको सरेन्डर सर्वाधिक देखिएको छ । बीमा पोलिसी सरेन्डर हुनु बीमा क्षेत्रको लागि नकारात्मक सूचक हो । पछिल्लो समय बीमा क्षेत्रमा अस्वस्थ प्रतिष्पर्धा, फोर्सफुल्ली बीमा पोलिसी खरिद, प्रलोभन लगायत गतिविधीका कारण बीमा पोलिसी सरेन्डरको दर बढ्दै आएको छ । एलआइसी नेपालको १५ हजार ३६२ वटा पोलिसी बराबर २ अर्ब ५९ करोड ७९ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको हो । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको ३० दशमलव २४ प्रतिशत हिस्सा हो ।

Crest

त्यस्तै, नेपाल लाइफको १४ हजार २५ वटा बीमा पोलिसी वापत २ अर्ब ३६ करोड २४ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको २७ दशमलव ५० प्रतिशत हिस्सा रहेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीको ८ हजार ४९१ वटा बीमा पोलिसी वापत ७८ करोड ६४ लाख रुपैयाँ बराबरको पोलिसी समर्पण भएको हो । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको ९ दशमलव १६ प्रतिशत हिस्सा हो ।नेशनल लाइफको ३ हजार ७२० वटा पोलिसी वापत ५५ करोड १५ लाख रुपैयाँको पोलिसी समर्पण भएको छ । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमकोे ६ दशमलव ४२ प्रतिशत हिस्सा हो । एशियन लाइफको ५ हजार १११ वटा बीमा पोलिसी वापत ५४ करोड १९ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको ६ दशमलव ३१ प्रतिशत हिस्सा छ ।

सूर्यज्योति लाइफको ३ हजार ४८३ वटा पोलिसी वापत ४६ करोड ९९ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको ५ दशमलव ४७ प्रतिशत हिस्सा छ । हिमालयन लाइफको ३ हजार १३७ वटा बीमा पोलिसी वापत ३७ करोड ८१ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको ४ दशमलव ४० प्रतिशत हिस्सा छ ।

मेट लाइफको २ हजार ९५ वटा बीमा पोलिसी वापत २४ करोड १२ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । सानिमा रिलायन्स लाइफको १ हजार ७७ वटा पोलिसी वापत १५ करोड ३६ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको हो ।

सिटिजन लाइफको १६ सय ६० वटा बीमा पोलिसी वापत १४ करोड ९१ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो । प्रभु महालक्ष्मी लाइफको ८८२ वटा बीमा पोलिसी वापत १२ करोड ४६ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको हो । आइएमई लाइफको १ हजार ७३ वटा बीमा पोलिसी वापत १२ करोड ३१ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो । रिलायबल नेपाल लाइफको ९६५ वटा बीमा पोलिसी वापत ६ करोड ४३ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो । सन नेपाल लाइफको ४४२ वटा बीमा पोलिसी वापत ४ करोड ५५ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS