काठमाडौं । जीवन बीमा कम्पनीहरुको नयाँ व्यापार २८ दशमलव ०५ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा जीवन बीमकको नयाँ व्यवसाय बढेको देखिएको हो । चालु आर्थिक वर्षको सात महिना अर्थात माघसम्ममा १४ वटा जीवन बीमा कम्पनीहरुले १८ अर्ब ४३ करोड ४ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरुले १४ अर्ब ३९ करोड ३६ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका थिए । अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुको प्रथम बीमाशुल्क २८ प्रतिशतले बढी हो ।
चालु आर्थिक वर्षको माघ महिनासम्ममा सबैभन्दा धेरै नेपाल लाइफले प्रथम बीमाशुल्क संकलन गरेको छ । कम्पनीले ४ अर्ब ५९ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा कम्पनीले ३९ दशलमव ०४ प्रतिशतले नयाँ व्यापार बृद्धि गरेको हो । दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिसम्ममा नेशनल लाइफले २ अर्ब ७३ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा कम्पनीले २४ दशलमव ०९ प्रतिशतले नयाँ व्यापार बृद्धि गरेको हो । तेस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले यस अवधिसम्ममा १ अर्ब ५४ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा कम्पनीले २८ दशलमव ९२ प्रतिशतले नयाँ व्यापार बृद्धि गरेको हो ।
त्यस्तै, सूर्यज्योति लाइफले १ अर्ब ३८ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा कम्पनीले ३३ दशलमव ८६ प्रतिशतले नयाँ व्यापार बृद्धि गरेको हो । हिमालयन लाइफले १ अर्ब ३८ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा कम्पनीले १४ दशलमव ९२ प्रतिशतले नयाँ व्यापार बृद्धि गरेको हो । सिटिजन लाइफले १ अर्ब ४ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा कम्पनीले १७ दशलमव ९८ प्रतिशतले नयाँ व्यापार बृद्धि गरेको हो ।
यता, एशियन लाइफले ९५ करोड ६७ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा कम्पनीले २९ दशलमव ७६ प्रतिशतले नयाँ व्यापार बृद्धि गरेको हो । सानिमा रिलायन्स लाइफले ८७ करोड ४७ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा कम्पनीले १७ दशलमव ९० प्रतिशतले नयाँ व्यापार बृद्धि गरेको हो । मेट लाइफले ७३ करोड ८० लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा कम्पनीले २ दशलमव २४ प्रतिशतले नयाँ व्यापार बृद्धि गरेको हो । रिलायबल नेपाल लाइफले ७२ करोड ८९ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा कम्पनीले १३ दशलमव ४८ प्रतिशतले नयाँ व्यापार बृद्धि गरेको हो ।
त्यसैगरी प्रभु महालक्ष्मी लाइफले ७० करोड ४१ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा कम्पनीले ५४ दशलमव २२ प्रतिशतले नयाँ व्यापार बृद्धि गरेको हो । आइएमई लाइफ इन्स्योरेन्सले ६८ करोड ५४ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा कम्पनीले १९ दशलमव ४० प्रतिशतले नयाँ व्यापार बृद्धि गरेको हो । सन नेपाल लाइफले ५४ करोड १ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा कम्पनीले ५९ दशलमव ८७ प्रतिशतले नयाँ व्यापार बृद्धि गरेको हो । राष्ट्रिय जीवन बीमा कम्पनीले ५१ करोड ५८ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा कम्पनीले ४६ दशलमव ७६ प्रतिशतले नयाँ व्यापार बृद्धि गरेको हो ।

















