IME Life New

७ महिनामा जीवन बीमकको व्यापार ९५ अर्ब ३८ करोड, कुनको बजार हिस्सा कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०८१ /८२ को माघ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले कुल ९५ अर्ब बढी बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमाप्राधिकरणले प्रकाशन गरेको तथ्याङक अनुसार कम्पनीहरुले माघ महिनासम्ममा १ करोड ३४ लाख ७ हजार ४८ वटा बीमा पोलिसी बिक्री गरी कुल ९५ अर्ब ३८ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

यस अवधिसम्ममा सबैभन्दा धेरै बीमाशुल्क नेपाल लाइफले संकलन गरेको छ । कम्पनीले यस अवधिमा २६ अर्ब बीमाशुल्क संकलन गरेको हो । दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिमा ११ अर्ब २३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । तेस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले यस अवधिमा ११ अर्ब १७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।त्यस्तै, हिमालयन लाइफले ९ अर्ब ९०करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सूर्यज्योति लाइफले ५ अर्ब ९५करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एशियन लाइफले ५ अर्ब ७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सिटिजन लाइफले ३ अर्ब ९८करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले ३ अर्ब ९२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सानिमा रिलायन्स लाइफले ३ अर्ब ८० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । मेट लाइफले ३ अर्ब ३७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

Crest

त्यसैगरी आइएमई लाइफले २ अर्ब ९० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले २ अर्ब ८५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफले २ अर्ब ७९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सन नेपाल लाइफले २ अर्ब ३८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS