काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल निर्धारित समयअगावै ग्रे लिस्टबाट बाहिर निस्कने बताएका छन्।
फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटीएफ)ले नेपाललाई ग्रे लिस्टमा राखेपछि संक्षिप्त प्रतिक्रिया दिँदै अर्थमन्त्री पौडेलले यस्तो धारणा व्यक्त गरेका हुन्।
‘विगतमा निर्धारित समयमा निर्धारित काम सम्पन्न गर्न नसक्दा यो परिस्थिति निर्माण भएको हो। पेरिस बैठकबाट नेपालको एक्सन प्लान स्वीकृत भएको छ’, पौडेलले भने, ‘एक्सन प्लानअनुसार प्रभावकारी रुपमा काम गरेर हामी निर्धारित समयअगावै ग्रे लिस्टबाट बाहिर निस्कन्छौं।’