IME Life New

अहिलेसम्म १० बीमा कम्पनीले घोषणा गरे लाभांश, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०८०।८१ का लागि हालसम्म १० वटा बीमा कम्पनीले लाभांश घोषणा गरेका छन्। जसमा ५ वटा जीवन बीमा कम्पनी र ५ वटा निर्जीवन बीमा कम्पनी छन्।

लाभांश घोषणा गर्नेमा जीवन बीमातर्फ सानिमा रिलायन्स लाइफ, सिटिजन लाइफ, आइएमई लाइफ इन्स्योरेन्स, नेपाल लाइफ र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी तथा निर्जीवनतर्फ हिमालयन एभरेष्ट इन्स्योरेन्स, सानिमा जीआईसी इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र शिखर इन्स्योरेन्स छन्। यी कम्पनीले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन्।

Esewa
Crest

आइएमई लाइफ इन्स्योरेन्स

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुका लागि आकर्षक प्रतिफल घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्तापुँजीको २१.०५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ। कम्पनीले वार्षिक साधारण सभा तथा लाभांश प्रयोजनका लागि फागुन १५ गते एक दिन बुक क्लोज गर्ने भएको छ। यसको आधारमा आज फागुन १४ गते महाशिभरात्रीका अवसरमा सार्वजनिक बिदा परेकाले हिजो फागुन १३ गतेसम्म कायम शेयरधीले सभामा भाग लिनुका साथै लाभांश पाउन योग्य हुनेछन्। कम्पनीले आठौँ वार्षिक साधारणसभा फागुन २५ गते आइतबार काठमाडौंको धुम्बाराहीस्थित दियो महलमा बिहानको ११ बजेदेखि डाकेको छ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स

कम्पनीले आर्थिक वर्ष २०८०।८१ का लागि गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरणयोग्य लाभांशबापत चुक्तापुँजीको कुल ९.२४८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा १.२४८९ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश छन्। कम्पनीले साधारणसभाको मिति भने तय गरेको छैन।

सूर्यज्योति लाइफ इन्स्योरेन्स

कम्पनीले गत वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा कम्पनीले २० प्रतिशत नै नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। यस कम्पनीले साधारणसभा पनि सम्पन्न गरिसकेको छ।

नेपाल लाइफ इन्स्योरेन्स

कम्पनीले गत वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा कम्पनीले १० प्रतिशत बोनस शेयर वितरण गर्नेछ भने ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। यस कम्पनीले भने माघ १० गते बुक क्लोज गरिसकेको छ। कम्पनीले २५ औँ वार्षिक साधारणसभा माघ २८ गते सम्पन्न गरिसकेको छ।

सिटिजन लाइफ इन्स्योरेन्स

कम्पनीले आर्थिक वर्ष २०८०।८१ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल २८.४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा २६.९८ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश छन्। कम्पनीले साधारणसभाको मिति भने तय गरेको छैन।

हिमालयन एभरेष्ट इन्स्योरेन्स

हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको ८.७५ प्रतिशत नगद (लाभांशमा लाग्ने करसमेत) लाभांश दिने निर्णय गरेको छ। कम्पनीले वार्षिक साधारणसभातथा लाभांश प्रयोजनका लागि फागुन १५ गते एक दिन बुक क्लोज गर्ने भएको छ। यसका आधारमा आज फागुन १४ गते महाशिभरात्रीको अवसरमा सार्वजनिक बिदा परेकाले हिजो फागुन १३ गतेसम्म कायम शेयरधीले सभामा भाग लिनुका साथै लाभांश पाउन योग्य हुनेछन्। कम्पनीले आफ्नो ३१ औँ वार्षिक साधारणसभा यही फागुन २७ गते आयोजना गर्दैछ। सभा काठमाडौंको शंखमूलस्थित अनमोल ब्यांक्वेटमा हुनेछ।

सानिमा जीआईसी इन्स्योरेन्स कम्पनी

कम्पनीले हाल कायम चुक्तापुँजीको ७.५ प्रतिशत बोनस शेयर र ०.३९४७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ दिने निर्णय गरेको हो। साधारणसभाको मिति तय भएको छैन।

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स

कम्पनीले हाल कायम चुक्तापुँजीको ९.७३६८ प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको छ। कम्पनीको उक्त प्रस्तावित लाभांश बीमा प्राधिकरण र आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि लगानीकर्तामा वितरण हुनेछ।लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले फागुन ११ गते बुक क्लोज गरिसकेको छ। यसको अर्थ फागुन ११ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्। कम्पनीले आफ्नो २७ औँ वार्षिक साधारणसभा आउँदो फागुन २५ गते आयोजना गर्ने निर्णय गरेको छ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्तापुँजीको ३० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ। कम्पनीले लाभांश पारित गर्न फागुन १५ गते ३१ औँ वार्षिक साधारणसभा बोलाइसकेको छ। कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन २ गते एक दिनका लागि बकुक्लोज गरिसकेको छ। यसअनुसार फागुन १ गतेसम्म कायम शेयरधनीले कम्पनीको साधारणसभामा सहभागिता जनाउन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

शिखर इन्स्योरेन्स

कम्पनीले आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार ३०० रुपैयाँको कुल १०.५२६३ प्रतिशतले हुन आउने २७ करोड ९४ लाख ६८ हजार १३७ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा १० प्रतिशतले हुन आउने २६ करोड ५४ लाख ९४ हजार ७३० रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने १ करोड ३९ लाख ७३ हजार ४०७ रुपैयाँ नगद लाभांश छन्। लाभांश पारित गर्न कम्पनीले आफ्नो २० औँ वार्षिक साधारणसभा हिजो फागुन १३ गते गरिसकेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले माघ ३० गतेदेखि साधारणसभा सम्पन्न नहुन्जेलसम्म बुक क्लोज गर्ने निर्णय गरेको थियो। यसको अर्थ माघ २९ गतेसम्म कायम शेयरधनीले मात्रै यो कम्पनीको लाभांश पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS