IME Life New

सानिमा रिलायन्स लाइफले घोषणा गर्यो नयाँ बोनसदर, कुन योजनामा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा रिलायन्स लाइफले नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले बीमांकीय मूल्यअनुसार आर्थिक वर्ष २०८०/ ८१ का लागि बोनसदर सार्वजनिक गरेको हो। कम्पनीले विभिन्न योजनामा न्यूनतम १९ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीले विभिन्न योजनामा सार्वजनिक गरेको बोनस दर निम्नानुसार छन्ः

सावधिक जीवन बीमा योजना (रेगुलर)
यस योजनाअन्तर्गत ० वर्षदेखि ९ वर्षसम्मको अवधिका लागि ३५ रुपैयाँ बोनसदर कायम गरिएको छ । १० वर्षदेखि १४ वर्षसम्मका लागि ३५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ४० रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ७० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ। कम्पनीले हालसम्म यस योजनामा ३२ हजार ५७ वटा बीमालेख बिक्री गरेको छ।

Esewa
Crest

सावधिक जीवन बीमा योजना (एकल)
यस योजनाअन्तर्गत ० वर्षदेखि ९ वर्षसम््रमको अवधिका लागि ३५ रुपैयाँ बोनसदर कायम गरिएको छ। १० वर्षदेखि १४ वर्षसम्मका लागि ३५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ३८ रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४३ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ६५ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ। कम्पनीले हालसम्म यस योजनामा २ हजार ७२९ वटा बीमालेख बिक्री गरेको छ।

त्रिपल सावधिक बीमा
यस योजनाअन्तर्गत १० वर्षदेखि १४ वर्षसम््रमको अवधिका लागि २० रुपैयाँ बोनसदर कायम गरिएको छ। १५ वर्षदेखि १९ वर्षसम्मका लागि २० रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि २५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ३० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ। कम्पनीले हालसम्म यस योजनाका १ हजार २९ वटा बीमालेख बिक्री गरेको छ।

दम्पती सावधिक बीमा योजना
यस योजनाअन्तर्गत १५ वर्षदेखि १९ वर्षसम््रमको अवधिका लागि २० रुपैयाँ बोनसदर कायम गरिएको छ। २० वर्षदेखि २४ वर्षसम्मका लागि २५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ३० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ। कम्पनीले हालसम्म यस योजनाका ३ हजार ४२९ वटा बीमालेख बिक्री गरेको छ।

सावधिक तथा आजीवन
यस योजनाअन्तर्गत ० वर्षदेखि ९ वर्षसम््रमको अवधिका लागि ३५ रुपैयाँ बोनसदर कायम गरिएको छ। १० वर्षदेखि १४ वर्षसम्मका लागि ३५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ४० रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ७० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ। कम्पनीले हालसम्म यस योजनाका ३ हजार ४२९ वटा बीमालेख बिक्री गरेको छ।

अग्रिम भुक्तानी योजना
यस योजनाअन्तर्गत १० वर्षदेखि १४ वर्षसम््रमको अवधिका लागि ३२ रुपैयाँ बोनसदर कायम गरिएको छ। १५ वर्षदेखि १९ वर्षसम्मका लागि ३७ रुपैयाँ र २० वर्षदेखि २४ वर्षसम्मका लागि ४२ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ। कम्पनीले हालसम्म यस योजनाका १ हजार ९०३ वटा बीमालेख बिक्री गरेको छ।

वार्षिक अग्रिम भुक्तानी योजना
यस योजनाअन्तर्गत १५ वर्षदेखि १९ वर्षसम्मका लागि १९ रुपैयाँ र २० वर्षदेखि २४ वर्षसम्मका लागि २१ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ। कम्पनीले हालसम्म यस योजनाका ४ हजार ४९५ वटा बीमालेख बिक्री गरेको हो।

मुद्दति सुरक्षण बीमा योजना (नियमित शुल्क र एकल शुल्क)
नियमित शुल्कतर्फ यस योजनाका सम्पूर्ण बीमा अवधिका लागि २४ रुपैयाँ र एकल शुल्कतर्पm ५४ रुपैयाँ बोनसदर कायम गरिएको छ। कम्पनीले यस योजनाका ८ हजार ८५५ बीमालेख बिक्री गरेको छ।

१५ वर्षे अग्रिम भुक्तानी योजना
यस योजनाको सम्पूर्ण अवधिका लागि ४१ रुपैयाँ बोनसदर तोकिएको छ। यस योजनाको ६१९ वटा बीमालेख बिक्री भएको छ।

२० वर्षे अग्रिम भुक्तानी योजना
यस योजनाको सम्पूर्ण अधिका लागि ४५ रुपैयाँ बोनसदर कायम गरिएको छ। यस योजनाको २९५ वटा बीमालेख बिक्री भएको छ।

रुपान्तरित वार्षिक अग्रिम भुक्तानी योजना
यस योजनाको सम्पूर्ण अवधिका लागि ३० रुपैयाँ बोनसदर कायम गरिएको छ। यस योजनाको ५९७ वटा बीमालेख बिक्री भएको छ।

सामूहिक सावधिक
यस योजनाको सम्पूर्ण अवधिका लागि १९ रुपैयाँ बोनसदर तोकिएको छ। यस योजनाको १ हजार ६९४ वटा बीमालेख बिक्री भएको छ।

सावधिक तथा आजीवन
यस योजनाअन्तर्गत ० वर्षदेखि ९ वर्षसम््रमको अवधिका लागि ३० रुपैयाँ बोनसदर कायम गरिएको छ। १० वर्षदेखि १४ वर्षसम्मका लागि ३५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ४० रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ६० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ।

सावधिक
यस योजनाअन्तर्गत ० वर्षदेखि ९ वर्षसम््रमको अवधिका लागि ३० रुपैयाँ बोनसदर कायम गरिएको छ। १० वर्षदेखि १४ वर्षसम्मका लागि ३२ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ३५ रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ४५ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ७५ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ।

सीमित भुक्तानी सावधिक
यस योजनाअन्तर्गत १० वर्षदेखि १४ वर्षसम्मका लागि ४० रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्मका लागि ४२ रुपैयाँ, २० वर्षदेखि २४ वर्षसम्मका लागि ५२ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ६५ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ।

बाल सावाधिक योजनामा  १० देखि ११३ वर्षको लागि १९ रुपैयाँ, १४ देखि १५ वर्षको लागि २० रुपैयाँ, १६ वर्षको लागि २२ रुपैयाँ, १७ वर्षको लागि २३ रुपैयाँ, १८ वर्षको लागि २५ रुपैयाँ, १९ वर्षको लागि २६ रुपैयाँ, २० वर्षको लागि २७ रुपैयाँ, २१ वर्षका लागि २८ रुपैयाँ, २२ वर्षको लागि ३० रुपैयाँ, २३ वर्षको लागि ३१ रुपैयाँ, २४ वर्षको लागि ३२ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिको लागि ३४ रुपैयाँ रहेको ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS