IME Life New

चुक्तापुँजी वृद्धिसँगै जीवन बीमा कम्पनीको बलियो हुँदै पुँजी कोष

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीको व्यवसायमा विस्तार र चुक्तापुँजी थपिएसँगै पुँजीकोष बलियो हुँदै गएको छ। पछिल्लो ५ वर्षयता पुँजीकोषको आकार झन्डै १ खर्ब रुपैयाँ नजिक पुगेको छ।

गत आर्थिक वर्ष २०८०।८१ मा जीवन बीमकहरुको चुक्तापुँजी, महाविपत्ति जगेडा, सञ्चित मुनाफा, अन्य जगेडा तथा कोषसमेतको कुल जोड ९३ अर्ब ८७ करोड रुपैयाँ पुगेको थियो। यसमा चुक्तापुँजीको अंशमात्र ६२ प्रतिशत रहेको छ।

Esewa
Crest

नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा जीवन बीमकसँग ५८ अर्ब ५१ करोड रुपैयाँ चुक्तापुँजी कायम रहेको थियो। यसबाहेक महाविपत्ति जगेडा ४ अर्ब ६६ करोड रुपैयाँ, सञ्चित मुनाफा १४ अर्ब ४८ करोड र अन्य जगेडा तथा कोषमा १६ अर्ब ३२ करोड रुपैयाँ रहेको थियो।

प्राधिकरणा अनुसार आर्थिक वर्ष २०७६।७७ को अन्त्यसम्ममा जीवन बीमा व्यवसाय गर्ने बीमकहरुको पुँजी कोष जम्मा ५० अर्ब ३ करोड रुपैयाँ रहेको थियो। योमध्ये चुक्तापुँजी ३४ अर्ब ६६ करोड रुपैयाँ थियो। पाँच वर्षमा चुक्तापुँजीमा मात्र ५९.१३ प्रतिशतको उल्लेख्य वृद्धि देखिएको छ। यसबाहेक आर्थिक वर्ष २०७६।७७ को अन्त्यसम्ममा महाविपत्ति जगेडा, सञ्चित मुनाफा, अन्य जगेडा तथा कोष रकम क्रमशः २ अर्ब ३२ करोड रुपैयाँ, ९ अर्ब ३७ करोड रुपैयाँ र ३ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो।

जीवन बीमा व्यवसाय गर्ने बीमकहरुको जोखिम बहन क्षमता बढाउन प्राधिकरणले जीवन बीमकहरुको चुक्तापुँजी २ अर्ब रुपैयाँबाट बढाएर ५ अर्ब रुपैयाँ कायम गर्नुपर्ने व्यवस्था गरेपछि बीमकले चुक्तापुँजी वृद्धि गरेका छन्। बढेको चुक्तापुँजी कायम गर्न केही बीमक मर्जरको विकल्प रोज्न बाध्य भए भने केहीले प्राथमिक र हकप्रद शेयरसँगै बोनस शेयर वितरण गरेर पुँजीको जोहो गरिरहेका छन्।

न्यूनतम चुक्तापुँजीमा बाध्यकारी वृद्धि, बीमा व्यवसायको आकारमा वृद्धि र महाविपत्ति कोषलगायत अन्य कोष सम्बन्धि व्यवस्थामा प्राधिकरणले गरेको नीतिगत सुधारका कारण बीमकको कोष क्रमशः ठूलो र बलियो बन्दै गएको हो। जीवन बीमा व्यवसाय गर्ने बीमकहरुको चुक्तापुँजी, महाविपत्ति जगेडा, सञ्चित मुनाफा, अन्य जगेडा तथा कोष क्रमशः क्रमशः बृद्धि हुँदे गइरहेको देखिन्छ।

आर्थिक वर्ष २०७७।७८ मा जीवन बीमा व्यवसाय गर्ने बीमकहरुको चुक्तापुँजी, महाविपत्ति जगेडा, सञ्चित मुनाफा, अन्य जगेडा तथा कोष क्रमशः ३९ अर्ब ३० करोड रुपैयाँ, २ अर्ब ८८ करोड रुपैयाँ, १ खर्ब २१ अर्ब रुपैयाँ र ४ अर्ब ४६ करोड रुपैयाँ रहेको थियो। यसैगरी आर्थिक वर्ष २०७८।७९ मा जीवन बीमा व्यवसाय गर्ने बीमकहरुको चुक्तापुँजी, महाविपत्ति जगेडा, सञ्चित मुनाफा, अन्य जगेडा तथा कोषमा क्रमशः ४२ अर्ब ३९ करोड रुपैयाँ, ३ अर्ब ४१ करोड रुपैयाँ, ९० अर्ब २९ करोड रुपैयाँ र ५ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०७९।८० मा वृद्धि भएर क्रमशः ४२ अर्ब ९३ करोड रुपैयाँ, ३ अर्ब ८० करोड रुपैयाँ, १३ अर्ब ६२ करोड रुपैयाँ र ७ अर्ब ३७ करोड रुपैयाँ पुगेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS