IME Life New

पाँच वर्षमा सवा २ गुणा बढीले बढ्यो बीमकको जीवन बीमा कोषको आकार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो ५ वर्षमा जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोष सवा २ गुणा बढीले बढेको छ।

नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिवेदनअनुसार पछिल्लो ५ वर्षमा जीवन बीमकहरुको जीवन बीमा कोष सवा २ गुणा बढीले बढेको हो। समीक्षा वर्षमा कम्पनीहरुको जीवन बीमा कोषको आकार बढेर ६ खर्ब ८३ अर्ब १५ करोड पुगेको छ। यो अघिल्लो वर्ष २०७९।८० को तुलनामा २१.६० प्रतिशतले बढी हो भने आर्थिक वर्ष २०७६।७७ को तुलनामा २.३३ गुणाले बढी हो।

Esewa
Crest

आर्थिक वर्ष २०७६।७७ मा कम्पनीको जीवन बीमा कोषमा २ खर्ब ९३ अर्ब ८ करोड रुपैयाँ थियो भने अघिल्लो आर्थिक वर्ष २०७९।८० मा ५ खर्ब ६१ अर्ब ७९ करोड रुपैयाँ थियो। अघिल्लो वर्ष पनि कम्पनीहरुको जीवन बीमा कोषको आकार २१.४८ प्रतिशतले बढेको थियो।

तथ्यांकअनुसार पछिल्लो ४ वर्षमा कम्पनीहरुको जीवन बीमा कोषको कारण लगातार २० प्रतिशत बढीले बढिरहेको छ। आर्थिक वर्ष २०७७।७८ मा जीवन बीमा कोषको आकार २८.११ बढ्दा २०७८।७९ मा २३.१७, २०७९।८० मा २१.४८ प्रतिशत र २०८०।८१ मा २१.६० प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS