IME Life New

जीवन बीमकहरुको जीवन बीमा कोष ७.३७ खर्ब माथि, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्म जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषको आकार ७ खर्ब ३७ अर्ब रुपैयाँ बढीको भएको छ।

कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार १४ वटा जीवन बीमा कम्पनीको जीवन बीमा कोषको आकार ७ खर्ब ३७ अर्ब २४ करोड ५ लाख रुपैयाँको भएको हो। अघिल्लो कम्पनीहरुको जीवन बीमा कोषमा ६ खर्ब २२ अर्ब ९२ करोड ८१ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीहरुको जीवन बीमा कोषको आकार १८.३५ प्रतिशतले बढेको छ।

Esewa
Crest

दोस्रो त्रैमाससम्म सबैभन्दा धेरै जीवन बीमा कोष नेपाल लाइफको रहेको छ। यो कम्पनीको जीवन बीमा कोषमा २ खर्ब १७ अर्ब १४ करोड ५६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष अवधिसम्म कम्पनीको जीवन बीमा कोषमा १ खर्ब ८२ अर्ब ६२ करोड २५ लाख रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा जीवन बीमा कोषको आकार १८.९० प्रतिशतले बढेको छ।

लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) दोस्रो ठूलो जीवन बीमा कोष भएको कम्पनी हो। यो कम्पनीको जीवन बीमा कोषमा १ खर्ब २७ अर्ब २७ करोड ९४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष कम्पनीको जीवन बीमा कोषमा १ खर्ब १३ अर्ब ४६ करोड ५३ लाख रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार १२.१७ प्रतिशतले बढेको छ।

तेस्रोमा नेसनल लाइफ रहेको छ। अघिल्लो वर्ष कम्पनीको जीवन बीमा कोषमा ६६ अर्ब १८ करोड ५५ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म १७.७८ प्रतिशतले बढेर ७७ अर्ब ९५ करोड ८ लाख रुपैयाँ पुगेको छ।

यसैगरी पुससम्म हिमालयन लाइफको जीवन बीमा कोषमा ७० अर्ब ४० करोड २१ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीको ५८ अर्ब रुपैयाँ, एसियन लाइफको ४४ अर्ब ६८ करोड ७५ लाख रुपैयाँ, सूर्यज्योति लाइफको ३७ अर्ब ७३ करोड ४० लाख रुपैयाँ, मेट लाइफको २७ अर्ब ३२ करोड १३ लाख रुपैयाँ र सिटिजन लाइफको १६ अर्ब ८५ करोड २३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको तुलनामा हिमालयन लाइफको २०.७७ प्रतिशत, राष्ट्रिय जीवन बीमा कम्पनीको ७.७० प्रतिशत, एसियन लाइफको ११.७९ प्रतिशत, सूर्यज्योति लाइफको २४.२३ मेट लाइफको १२.४० र सिटिजन लाइफको ४०.७८ प्रतिशतले बीमा कोषको आकार बढेको छ।

यसैगरी पुससम्म सानिमा रिलायन्स लाइफको जीवन बीमा कोषमा १६ अर्ब ६० करोड ३३ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको ११ अर्ब ८९ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफको ११ अर्ब ५३ करोड २२ लाख रुपैयाँ, आइएमई लाइफको १० अर्ब ८७ करोड २६ लाख रुपैयाँ र सन नेपाल लाइफको ८ अर्ब ९६ करोड ९४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा सानिमा रिलायन्स लाइफको ४८.५९ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ४५.२५ प्रतिशत, रिलायबल नेपाल लाइफको ३५.७९ प्रतिशत, आइएमई लाइफको ४४.०८ प्रतिशत र सन नेपाल लाइफको ३९.३७ प्रतिशतले जीवन बीमा कोषको आकार बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS