काठमाडौं । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८१/ ८१ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेका छन् । कम्पनीहरुले प्रकाशन गरेको वित्तीय अनुसार कम्पनीले यस समिक्षा अवधिसम्ममा ८२ अर्ब ४ करोड ६९ लाख ९४ हजार रुपैयाँ खुद बीमा शुल्क संकलन गरेका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७३ अर्ब ८७ करोड ९४ लाख २६ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेका थिए । अघिल्लो वर्षको तुलनामा जीवन बीमा कम्पनीहरुको खुद बीमाशुल्क आर्जन ११ प्रतिशतले बढेको हो ।
यस अवधिसम्ममा राष्ट्रिय जीवन बीमा कम्पनी बाहेक सबैको खुद बीमाशुल्क आर्जन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीको भने अघिल्लो वर्षको तुलनामा खुद बीमाशुल्क १० प्रतिशतले घटेको हो । यस अवधिमा कम्पनीले ५ अर्ब ७५ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ६ अर्ब ४१ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।
समीक्षा अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले खुद बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा २२ अर्ब १२ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १२ प्रतिशतले बढी हो । दोस्रो नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिमा ९ अर्ब ४८ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १३ प्रतिशतले बढी हो । तेस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले यस अवधिमा ९ अर्ब ४० करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ९ प्रतिशतले बढी हो ।
त्यस्तै, हिमालयन लाइफले ८ अर्ब ६ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन २ प्रतिशतले बढी हो । सूर्यज्योति लाइफले ४ अर्ब ९८ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १९ प्रतिशतले बढी हो । एशियन लाइफले ४ अर्ब १७ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १६ प्रतिशतले बढी हो ।
यता, सिटिजन लाइफले ३ अर्ब १८ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन २३ प्रतिशतले बढी हो । सानिमा रिलायन्स लाइफले ३ अर्ब ११ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १८ प्रतिशतले बढी हो । मेट लाइफले २ अर्ब ७४ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ६ प्रतिशतले बढी हो । आइएमई लाइफले २ अर्ब ३३ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १७ प्रतिशतले बढी हो ।
त्यसैगरी प्रभु महालक्ष्मी लाइफले २ अर्ब २६ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १३ प्रतिशतले बढी हो । रिलायबल नेपाल लाइफले २ अर्ब २१ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन २६ प्रतिशतले बढी हो । सन नेपाल लाइफले २ अर्ब १८ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ३७ प्रतिशतले बढी हो ।

















