IME Life New

नेपाल टेलिकमको नाफामा ३३% को संकुचन, ईपीएसमा पनि भारी गिरावट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ६३ करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ३ अर्ब ९३ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफामा ३२.९७ प्रतिशतको संकुचन आएको छ।

Esewa
Crest

दोस्रो त्रैमाससम्म कम्पनीले ग्राहकलाई सेवा प्रदान गरेबापत १७ अर्ब ४९ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो आम्दानी १७ अर्ब २४ करोड ६७ लाख रुपैयाँ रहेको थियो। कम्पनीको आम्दानी १.४ प्रतिशतले घटेको छ। कम्पनीको वित्तीय आम्दानी र अन्य आम्दानी क्रमशः २ अर्ब ३० करोड ३४ लाख रुपैयाँ र १३ करोड ९७ लाख रुपैयाँ रहेको छ।

चुक्तापुँजी १८ अर्ब रुपैयाँ रहेको कम्पनीको रिजर्भ र सरप्लसमा ७३ अर्ब १४ करोड १३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म कम्पनीको रिजर्भमा ७५ अर्ब ९० करोड ७० लाख रुपैयाँ थियो। रिजर्भ र सरप्लसको आकार पनि ३.६४ प्रतिशतले घटेको छ।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर २९.२८ रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष ईपीएस ४३.६८ रुपैयाँ थियो। पीई रेसियो ३०.३३ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ५०६.३४ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS