IME Life New

थुम्की रिसोर्टः कम्पाउन्डभित्रै अर्गानिक खेती, पारिवारिक जमघट र सेमिनारका लागि उत्कृष्ट गन्तव्य

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय काभ्रेको बल्थलीमा सञ्चालनमा आएको ‘थुम्की रिसोर्ट एन्ड फार्म हाउस’ ग्राहकको रोजाइमा पर्न थालेको छ।

काठमाडौंबाट करिब ४० किलोमिटरको दूरीमा रहेको रिसोर्टमा पारिवारिक जमघट तथा सेमिनार गर्नेहरुको अहिले बाक्लो उपस्थिति छ।
थुम्की अर्थात् डाँडाको टुप्पोमा रहेको रिसोर्टबाट बेलुकाको समयमा बनेपा, धुलिखेल, नबोबुद्ध, पनौतीलगायत बजारको झिलिमिलीको मज्जा लिन सकिनेछ भने बिहान र दिउँसोको समयमा मनोरम हिमशृंखलाको मज्जा लिन सकिनेछ।

Crest

काभ्रेका स्थानीय सफल युवा व्यवसायी लक्ष्मण न्यौपानेको नेतृत्वमा काभ्रेको बल्थलीमा सञ्चालनमा आएको थुम्की रिसोर्टमा हाल २० लक्जरी रुमसहित आफ्नै कम्पाउन्डमा अर्गानिक खेती गरिएको छ। कुल २० करोड रुपैयाँको लगानीमा निर्मित रिसोर्टमा पहिलो चरणमा पर्यटकलाई अर्गानिक खानासहितको बसोबास उपलब्ध गराउँदै आएको छ। ‘हामीले विशेषगरी अर्गानिक खानालाई प्राथमिकता दिँदै रिसोर्टभित्रै सोहीअनुरुपका तरकारीहरु उत्पादन सुरु गरेका छौँ भने स्थानीयस्तरबाटै लोकल कुखुरा, कालिज, खसी, बोका लागि उपलब्ध गराउँदै आएका छौँ’, रिसोर्टका अध्यक्ष न्यौपनोले भने, ‘विशेषगरी रिसोर्टमा आउने पाहुनाले अर्गानिक खानाका साथै पारिवारिक जमघटको मज्जा लिन सक्नुहुनेछ।’

उक्त रिसोर्टमा सेमिनार, गोष्ठीलगायतका कार्यक्रमा गर्न ७० जना क्षमता भएको सेमिनार हल रहेको छ। साथै, रिसोर्टले आगन्तुकको स्वास्थ्यलाई मध्यनजर गर्दै स्विमिङ पुलका साथै स्टिम, साउना, ज्याकुजीको समेत सुविधा उपलब्ध गराउनले न्यौपानेले जानकारी दिए। ठूलो मात्रामा पार्किङ सुविधा रहेको रिसोर्टले आफ्नै फार्म हाउस रहेको छ।

यसका साथै आगामी दिनमा बालबालिकालाई आकर्षित गर्न २० रोपनी जग्गामा चिल्ड्रेन पार्कसमेत निर्माण गर्ने न्यौपानेले जानकारी दिएको छ। ‘हामीले रिसोर्टलाई सन् २०२४ बाट सञ्चालनमा ल्याएको हौँ’, उनले भने, ‘अहिले पारिवारिक जमघट तथा वार्षिक साधारणसभा र सेमिनार गर्न आउने संघसंस्थाहरुको राम्रो उपस्थिती रहेको छ।’

पछिल्लो समय होटलले उपलब्ध गराएको अर्गानिक खाना र सोहीअनुरुपको सेवा सुविधाले गर्दा एक पटक आउनुभएको ग्राहकहरु पुनः आउने गरेको समेत उनको भनाइ छ। तत्कालका लागि २० वटा लक्जरी रुमबाट सेवा दिँदै आएकोका निकट भविश्यमै थप ३० रुम थप्ने समेत उनले जानकारी दिए।

अध्यक्ष न्यौपानेका अनुसार रिसोर्टबाट बेलुकाको सूर्यास्तका साथै बिहानको सूर्योदयको समेत मज्जा लिन सकिनेछ। साथै रिसोर्टले हिमालयको दृश्यावलोकन गर्न आगन्तुकलाई उच्च क्षमताको टेलिस्कोपसमेत उपलब्ध गराउँदै आएको छ। उक्त टेलिस्कोपबाट खगोलसम्बन्धी अध्ययन गर्ने विद्यार्थीलाई समेत फाइदा पुग्नेछ।

यसैगरी रिसोर्टबाट नमोबुद्ध, महाभारत रेञ्जको सबैभन्दा अग्लो स्थान नारायणथान, तीनधारे झर्ना, कामीडाँडालगायत अन्य गुम्बा र बौद्ध स्तुपाको भ्रमण तथा हाईकिङ गर्न सकिनेछ। रिसोर्टबाट विश्वकै अग्लो त्रिशूल रहेको लर्केश्वर धाम र नमोबुध गुम्बामा समेत हाइकिङ गर्न किनेछ।

यो रिसोर्ट काभ्रेकै पहिलो अपाङमैत्रीसमेत रहेको छ। जहाँ कोठामा जान र वरपर घुम्न तथा हलमा कार्यक्रम गर्न सहजै ह्विलचियरको प्रयोग गर्न सकिनेछ।

रिसोर्ट संरक्षित क्षेत्रमा रहेकाले दुर्लभ बन्यजन्यतु सालकका साथै जरायो, मृग, दुम्सी, बँदेल, खरायो, चितुवा, कालिजलगायतका बन्यजन्तु तथा चराचुरुंगी हेरेर आनन्द लिन सकिनेछ। अपाङमैत्री उक्त रिसोर्टलाई वातावरणमैत्री समेत बनाईएको छ। रिसोर्टले त्यहाँबाट निस्कने फोहोर तथा पानीलाई ढलमा नमिसाई आधुनिक प्रविधिबाट रिसाईकल गरी पुनः प्रयोगमा ल्याउने विधिसमेत जडान गरिएको न्यौपानेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS