IME Life New

चार वर्षमा दुई गुणा बढ्यो यती कार्पेटको कारोबार, रू. ५७ करोडको बिक्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको सर्वाधिक पुरानो र नाम चलेको यती कार्पेटको व्यापार चार वर्षको अवधिमा झण्डै दोब्बर अंकले वृद्धि भएको छ। भक्तपुरमा रहेको उद्योगमा भीषण आगलागी पछि पर्सा जिल्लामा उद्योग स्थानान्तरण गरेको यती कार्पेट प्रालिले गत आर्थिक वर्ष २०८०।८१ मा ५७ करोड २० लाख रूपैयाँ बराबरको कारोबार गरेको छ।

रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार आर्थिक वर्ष २०७७।७८ मा यसको कारोबार १९ करोड २० लाख रूपैयाँ मात्र थियो। उद्योगको शुरूवाती वर्षमा रहेको र कोरोना महामारीका कारण कार्पेटको समग्र बजार माग नै घटेकाले अपेक्षित कारोबार गर्न नसकेको रेटिङ एजेन्सीले प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ।

Esewa
Crest

बैंकिङ कर्जा सुविधाका लागि गरिएको वित्तीय सबलता मूल्याङ्कनका आधारमा इक्रा नेपालले ४२ करोड ७० लाख रूपैयाँ दीर्घकालीन कर्जाका लागि यती कार्पेटलाई एलबि प्लस रेटिङबाट एलडब्बल बी माइनसमा स्तरोन्नती गरेको छ।र, १२ करोड ५० लाख रूपैयाँ अल्पकालीन कर्जाका लागि साबिकको एफो रेटिङको पुनः पुष्टी गरेको छ।

नाफा अन्तर र चालू पूँजी व्यवस्थापन गर्दै कारोबारको आधार बढाउन सक्ने क्षमताले यो कम्पनीको वित्तीय सबलताको सूचक निर्भर रहने टिप्पणी इक्रा नेपालले प्रेस विज्ञप्तीमा गरेको छ।

पर्सा जिल्लाको परवानीपुरमा अवस्थित यती कार्पेट प्रालिले नन उभन कार्पेट, टर्फट, ग्रास कार्पेट उत्पादन गर्दै आएको छ। यो कम्पनी, नन उभन कार्पेट उत्पादन गर्ने सीमित स्वदेशी उद्योगमध्ये हो।

भक्तपुरमा रहेको यती फ्याब्रिक्स उद्योगमा आगलागी पछि यहाँको उत्पादन सधैंका लागि बन्द गरेको केडिया समूहले रिलायन्स समूहसँगको साझेदारीमा पर्सा जिल्लामा यती कार्पेट प्रालि नामबाट नयाँ कार्पेट उद्योग सञ्चालनमा ल्याएको थियो। यो कम्पनीको मु केडिया समूहका अनिल केडियाको २५ प्रतिशत, आयुष केडियाको १५ प्रतिशत, रिलायन्स समूहका नरेन्द्र कुमार अग्रवालको १३ प्रतिशत र लोकेश तोदीको १३ प्रतिशत शेयर स्वामित्व रहेको छ।

सरकारले तयारी आयातित कार्पेटमा ३० प्रतिशत भन्सार महशुल निर्धारण गरेर तयारी कार्पेटको आयात निरूत्साहित बनाउँदा स्वदेशी कार्पेटले नीतिगत संरक्षण प्राप्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS