IME Life New

प्रभु महालक्ष्मी लाइफले एमडीआरटीका लागि छनौट भएका अभिकर्तालाई गर्यो सम्मान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले वित्तीय परामर्शदाताहरुको अन्तर्राष्ट्रिय फोरम एमडीआरटी २०२५ का लागि छनौट भएका अभिकर्तालाई सम्मान गरेको छ। पोखरामा माघ १० देखि १३ गतेसम्म ४ दिन चलेको एमडीआरटी सेलिब्रेसन एन्ड भिजन क्र्याफ्टिङ २०२५ कार्यक्रम उल्लास, उत्सव र व्यावसायिक क्षमता अभिवृद्धिका लागि सोच परिवर्तन तालिमका साथ सम्पन्न भएको हो।

कार्यक्रम उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत प्रसाईले अभिकर्ताहरुको उपलब्धिलाई कम्पनीले सदा सम्मान गर्ने बताए। यस पटकको सम्मान कार्यक्रम उत्सवमात्र नभएर महाउत्सवका रुपमा रहेको उनको भनाइ थियो।

Esewa
Crest

व्यावसायिक क्षमता वृद्धिका लागि ज्ञान आर्जन र प्राप्त उपलब्धिहरुलाई हर्षोल्लासपूर्ण वातावरणमा कार्यक्रम सम्पन्न भएको थियो। ख्यातिप्राप्त सर्टिफाइड मास्टर ट्रेनर इन्द्र गुरुङ नेतृत्वको टिमले २ दिने रचनात्मक तरिकाले सहभागीहरुलाई व्यावसायिक क्षमता अभिवृद्धि गर्न सोच परिवर्तन र उत्प्रेरणका सन्दर्भमा तालिम प्रदान गरे।प्रभु महालक्ष्मी लाइफका नायब प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले कार्यक्रमलाई सम्बोधन गर्दै एमडीआरटीका लागि छनौट भएका अभिकर्ताहरुले अन्तर्राष्ट्रियस्तरमा आफ्नो पहिचान बनाउनु रहेको बताए। उनले अभिकर्ताले प्रयास गरे केही असम्भव नहुने पनि बताए। अन्य सहभागीहरुलाई सम्मानित अभिकर्ताहरुबाट सिक्न र जोस जागरका साथ काम गर्न उनले हौसला प्रदान गरे।

कार्यक्रममा मुख्य आकर्षण एमडीआरटी सम्मान, व्यावसायिक क्षमता अभिवृद्धिका लागि सोच परिवर्तन तालिमका साथै पोखरा र आसपासमा रहेका धार्मिक एवं पर्यटकीयस्थलको भ्रमण रहेको थियो।

कार्यक्रममा एमडीआरटी २०२५ का लागि छनोट भएका अभिकर्ताका साथै उच्च व्यवस्थापन टिम गरी करिब २५० जनाको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

67%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS