IME Life New

नेशनल लाइफको ‘लिडर्स नाइट’ कार्यक्रममा २२५ जना अभिकर्ता सम्मानित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताका लागि २ रात ३ दिनको ‘लिडर्स नाइट विथ भूषण दाहाल’ कार्यक्रम चितवनको सौराहास्थित होटल सेभेन स्टारमा सम्पन्न गरेको छ।

कम्पनीमा कार्यरत अभिकर्ताका लागि २०८१ साउन महिनामा सञ्चालित अभिकर्ता मासिक योजनाअन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्तालाई गैँडाकोटस्थित मौलाकालिका मन्दिरको दर्शन तथा दियालो बंगला संग्रहालय अवलोकन गराउने तथा नेपालका चर्चित एवं वरिष्ठ पत्रकार भूषण दाहालसँग साक्षात्कार गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

Esewa
Crest

कम्पनीका बजार विभाग प्रमुख विवेक शर्मा, एजेन्सी विभाग प्रमुख सुशीलप्रताप राणासहित प्रदेश प्रमुख, तथा विभिन्न शाखाका शाखा प्रमुखसहित देशैभरिबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करिब २२५ जना वरिष्ठ अभिकर्ताले कार्यक्रममा सहभागिता जनाएका थिए।

कार्यक्रमका प्रमुख अतिथि दाहालले सहभागी अभिकर्तालाई नेतृत्वका बारेमा विशेष प्रशिक्षण प्रदान गरेका छन्। उनले नेतृत्वकर्ताले भविष्यको स्पष्ट खाका कोर्नका लागि जहिले पनि प्रश्न होइन हजारौँ प्रश्नको जबाफ दिने आँट र साहास बोकेर बस्न सक्नुपर्ने धारणा व्यक्त गरे।
समारोहमा योजनामा छनौट भई सहभागी भएका अभिकर्तालाई दाहालले सम्मानपत्र गरेका थिए।

सहभागी अभिकर्ताले नेपालकै चर्चित एवं वरिष्ठ पत्रकार दाहालबाट सम्मान प्राप्त गर्ने अवसर दिलाएकोमा कम्पनीप्रति आभार व्यक्त गर्दै यस प्रकारको कार्यक्रमबाट मनोरञ्जनका साथै आफ्नो वृत्तिविकासमा समेत योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS