IME Life New

ग्राहकलाई मारुती सुजुकीको झट्का, फेब्रुअरीदेखि यी कारको दाम बढाउँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको सबैभन्दा ठूलो कार निर्माता मारुती सुजुकीले आफ्नो गाडीको पोर्टफोलियोको मूल्य अपडेटको घोषणा गरेको छ।

मारुतीका कारहरु अब फेब्रुअरीदेखि महँगो हुने भएका छन्। कम्पनीले विभिन्न मोडल र भेरियन्टका आधारमा कारको मूल्य करिब भारु ३२ हजार ५०० ले वृद्धि गर्ने घोषणा गरेको छ। नयाँ मूल्य फेब्रुअरीबाट लागू हुनेछ।

Esewa
Crest

मारुती सुजुकीले कार निर्माणमा बढ्दो लागत लागत र महँगो सञ्चालनका कारण कम्पनीले कारको मूल्य बढाउन बाध्य भएको जनाएको छ। मूल्यवृद्धिलाई न्यूनीकरण गर्ने गरी यसको भार आमग्राहकलाई धेरै नपर्ने गरी हरसम्भव प्रयास गरिएको कम्पनीका भनाइ छ।

मारुतीको इन्ट्री लेभल कार सेलेरियोको मूल्य भारु ३२ हजार ५०० ले बढ्नेछ। यसबाहेक सबैभन्दा महँगो र प्रिमियम मोडल इन्भिक्टोको मूल्यमा भारु ३० हजारसम्मको बृद्धि हुनेछ।

कम्पनीको सबैभन्दा बढी बिक्री हुने कार मारुती वागन आरको मूल्य करिब भारु १५ हजार र स्विफ्टको मूल्य भारु ५ हजारले बढ्नेछ। गत वर्षको अन्त्यमा कम्पनीले स्विफ्टको चौथो पुस्ताको मोडल सार्वजनिक गरेको थियो।

स्पोर्टी युटिलिटी सेग्मेन्टमा आउने मारुती ब्रेजा र ग्रान्ड भिटाराको मूल्य क्रमशः भारु २० हजार र २५ हजारले बढाइनेछ। यसका साथै भारतकै सस्तो कारका रुपमा चर्चित मारुती अल्टो के १० को मूल्य भारु १९ हजार ५०० र एस प्रेसोको मूल्य भारु ५ हजारले बढ्नेछ।

प्रिमियम ह्याचब्याक मारुती बलेनोको मूल्य भारु ९ हजार र फ्रन्क्सको मूल्य भारु ५ हजार ५०० ले वृद्धि हुनेछ। मारुती सुजुकीले हालै सार्वजनिक गरेको मारुती डिजायरको मूल्य पनि भारु १० हजारले बढाएको छ। जुन कम्पनीको ५ स्टार सेफ्टी रेटिङ भएको पहिलो कार हो।

मारुतीको सबैभन्दा सस्तो कार अल्टो के १० को प्रारम्भिक मूल्य भारु ३ लाख ९९ हजार र सबैभन्दा महँगो कार इन्भिक्टोको मूल्य भारु २८ लाख ९२ हजारबाट सुरु हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS