काठमाडौं । जीवन बीमा कम्पनीहरुले एक महिनामा ३ अर्ब ३७ करोड बढी प्रथम बीमाशुल्क (वैदेशिक रोजगार बाहेक) संकलन गरेका छन् । सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८१ /८२ को पुस महिनामा मात्रै ३ अर्ब ३७ करोड १३ लाख रुपैयाँ (वैदेशिक रोजगार बाहेक) प्रथम बीमा शुल्क संकलन गरेका हुन् ।
यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले प्रथम बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा ७१ करोड ५२ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले ४५ करोड ४१ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । तेस्रोमा एलआइसी नेपालले ३० करोड ३१ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ ।
सूर्यज्योति लाइफले २६ करोड १२ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । हिमालयन लाइफले २५ करोड ५९ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । एशियन लाइफले २३ करोड ८५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।सिटिजन लाइफले २० करोड ११ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । आइएमई लाइफले १७ करोड ७५ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले १७ करोड ३९ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । सानिमा रिलायन्स लाइफले १७ करोड ३४ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ ।
त्यस्तै, रिलायबल नेपाल लाइफले १३ करोड ६२ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । मेट लाइफले १२ करोड ३३ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । सन नेपाल लाइफले १२ करोड २८ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले ३ करोड ४४ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ ।