काठमाडौं । आर्थिक वर्ष २०८१/ ८२ को पुस महिनासम्ममा जीवन बीमा कम्पनीहरुले कुल ८० अर्ब बढी कुल बीमाशुलक संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार यी कम्पनीहरुले १ करोड ३३ लाख ७२ हजार १०९ वटा बमिा पोलिसी बिक्री गरी ८० अर्ब ६६ करोड ३८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।
यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा २२ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यो कम्पनीले जीवन बीमा क्षेत्रको कुल व्यापारको २७ दशलमव ८४ प्रतिशत हिस्सा ओगटेको हो । दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिमा ९ अर्ब ६० करोड ८० लाख रुपैयाँ कु ल बीमाशुल्क संकलन गरेको छ । यो कम्पनीले जीवन बीमा क्षेत्रको कुल व्यापारको ११ दशलमव ९१ प्रतिशत हिस्सा ओगटेको हो । तेस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले यस अवधिमा ९ अर्ब ४६ करोड कुल बीमाशुल्क संकलन गरेको छ । यो कम्पनीले जीवन बीमा क्षेत्रको कुल व्यापारको ११ दशलमव ७३ प्रतिशत हिस्सा ओगटेको हो । हिमालयन लाइफले ८ अर्ब ३३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
सूर्यज्योति लाइफले ५ अर्ब ६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एशियन लाइफले ४ अर्ब २१ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सिटिजन लाइफले ३ अर्ब ३८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सानिमा रिलायन्स लाइफले ३ अर्ब २४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
त्यस्तै, मेट लाइफले २ अर्ब ८६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले २ अर्ब ७७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । आइएमई लाइफले २ अर्ब ४४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले २ अर्ब ४२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफले २ अर्ब ३८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सन नेपाल लाइफले २ अर्ब रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।