IME Life New

मेट लाइफको सहयोगमा फरवार्ड नेपालद्वारा न्यानो कपडा वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सुनसरी । मेट लाइफ इन्स्योरेन्सको सहयोगमा मध्य जाडोमा सुनसरीका गरिब तथा विपन्न नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ।

गढी गाउँपालिकाका २०० घर परिवार तथा दुहवी नगरपालिका–९ स्थित बिंगडी टोलका करिब ७० घर परिवारलाई न्यानो कपडा वितरण गरिएको हो।

Esewa
Crest

पछिल्लो केही दिन देखि तराईमा चलेको शीत लहरसँगै चिसो अत्यधिक बढेपछि मेट लाइफ इन्स्योरेन्सको सहयोगमा ग्रामीण महिला विकास उत्सुकता मञ्च (फरवार्ड)ले न्यानो कपडा वितरण गरेको हो। फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संयोजन गरेको कार्यक्रममा पूर्वमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सांसद भगबती चौधरी तथा मेट लाइफ नेपालका प्रतिनिधि निराजन बुुढाथोकीले न्यानो कपडा वितरण गरेका थिए।

कार्यक्रममा सुनसरी क्षेत्र नं. ३ की सांसद भगवती चौधरीले आर्थिक अवस्था कमजोर भएका नागरिकको जिउधनको सुरक्षामा सबैले सहयोग गर्नुपर्ने बताइन्। सामाजिक उत्तरदायित्व अन्तरगत हरेक व्यवसायिक क्षेत्रले सामाजिक कामहरु गर्दा आर्थिक, सामाजिक रुपमा पछि परेका नागरिकको जीवनस्तर सुधार्न सहयोग पुग्ने सांसद चौधरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS