IME Life New

राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारीमा चुनिए पन्थी, बीमा क्षेत्रकाले पाएनन् जिम्मेवारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

राष्ट्रिय जीवन बीमा कम्पनीको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुन्दर पन्थी

काठमाडौं । सरकारी स्वामित्वको जीवन बीमक, राष्ट्रिय जीवन बीमा कम्पनीले पहिलो प्रमुख कार्यकारी अधिकृत पाएको छ। कम्पनीको सञ्चालक समितिको मंगलबार सम्पन्न बैठकले खुल्ला प्रतिस्पर्धाबाट संक्षिप्त सूचीमा परेकामध्ये बैंकर सुन्दर पन्थीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

कम्पनी सचिव भोलानाथ घिमिरेका अनुसार बीमा बीमा ऐन २०७९ को दफा ५७ बमोजिम पन्थीको नियुक्ति सम्बन्धी निर्णय सञ्चालक समितिले गरेको हो। उपयुक्तता परिक्षण (फिट एण्ड प्रोपर टेष्ट) सहित पन्थीको नियुक्ति सम्बन्धित जानकारी सञ्चालक समितिले सात दिनभित्र नियामक नेपाल बीमा प्राधिकरण समक्ष गराउनुपर्नेछ।

Esewa
Crest

संस्थानबाट कम्पनीमा रूपान्तरण भएको १६ महिनापछि अन्ततः सरकारी स्वामित्वको एक मात्र जीवन बीमकले प्रमुख कार्यकारी पाएको हो। कम्पनीले दोश्रो पटक आह्वान गरेको आवेदनमा पहिलो चरणबाट पन्थीसँगै महेश रिमाल, राजुनाथ खनाल र रामदेव यादव संक्षिप्त सूचीमा परेका थिए । पदपूर्ती समितिले गत शुक्रबार प्रस्तुीकरण पछि भोलिपल्ट शनिबार उनीहरूको मौखिक अन्तरवार्ता गरिएको थियो। प्रस्तुतीकरण चरणबाट यादव बाहिरिएका थिए ।

राष्ट्रिय जीवन बीमा कम्पनीमा सरकार, नेपाल राष्ट्र बैंक र नेपाल बैंक लिमिटेडको शेयर स्वामित्व छ। सञ्चालक समितिमा पनि नेपाल सरकार र यी दुबै बैंकका प्रतिनिधि छन् ।

बीमा ऐन २०७९ को बाध्यकारी प्रावधानका कारण २०८० कात्तिकमा तत्कालीन राष्ट्रिय बीमा संस्थान कम्पनीमा रूपान्तरण भएको थियो।  कम्पनीमा रूपान्तरणसँगै प्रशासक कवि पाठकको कार्यकाल समाप्त भएको थियो । त्यसयता नायब महाप्रबन्धक महेश रिमालले निमित्त प्रमुख कार्यकारी अधिकृतको भूमिकामा कार्यभार सम्हालेका थिए ।

सुन्दर पन्थी नेपाल बैंकको प्रथम श्रेणीका अधिकृत हुन् । उनी बैंकको मुख्य प्रबन्धकको रुपमा बैंकको कार्य सञ्चालन विभागको जिम्मेवारी सम्हाल्दै आएका थिए । स्थायी ठेगाना अर्घाखाँची भएका पन्थीले त्रिभूवन विश्वविद्यालयबाट एमए र एमबीएको डिग्री हासिल गरेका छन् ।

प्रतिस्पर्धामा रहेका नायब महाप्रबन्धक रिमाल चार्टर्ड एकाउण्टेन्ट हुन् । उनी सिधै सहायक प्रशासक पदबाट साबिक संस्थानको सेवामा प्रवेश गरेका थिए । उनले मुम्बई विश्वविद्यालयमा उच्च शिक्षा पुरा गर्नुका साथै भारतबाटै चार्टर्ड एकाउन्टेन्सीको उपाधी समेत हासिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

63%
happy

खुसी

0%
sad

दु :खी

13%
amazed

अचम्मित

13%
excited

उत्साहित

13%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS