IME Life New

कञ्चनपुरमा बीमाको रकम कुम्ल्याउन भारतीय प्रेमीसँग मिलेर श्रीमतीले गरिन् श्रीमानको हत्या

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

धनगढी । बीमा रकम कुम्ल्याउन कञ्चनपुरमा भारतीय प्रेमीसँग मिलेर एक महिलाले श्रीमानको हत्या गरेको खुलासा भएको छ। घटना भएको करिब २ महिनापछि बीमाकै रकम पाउन ती व्यक्तिको श्रीमतीले हत्या गरेको खुलासा भएको हो।

घटना मंसिर १३ गतेको हो। बेलौरी नगरपालिका–६ भुराकोटका ४९ वर्षीया सियाराम रानाको शव घरभित्रै फेला परेको थियो। घटना घटेकोको दोस्रो दिन प्रहरीले सियारामकी श्रीमती जनक कुमारीलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको थियो।

Esewa
Crest

भारतको खिरी जिल्लाको सम्पूर्ण नगरका फारुख नाम गरेका प्रेमीको योजनामा श्रीमान सियारामको इँट्टाले प्रहार गरेर हत्या गरेको जनक कुमारीले प्रहरीसमक्ष स्वीकारेकी छन्। जनक कुमारीलाई हाल पुर्पक्षका लागि कञ्चनपुर जिल्ला कारागारमा छिन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीका अनुसार जनक कुमारीका प्रेमी फारुखलाई पनि गत पुस २८ गते पक्राउ गरिएको छ। ‘हत्या हुँदा फारुख घटनास्थलमा थिएनन्’, जोशीले भने, ‘तर, हत्याको योजना उनैले बनाएको अनुसन्धान खुलिरहेको छ।’

बीमाको रकम हत्याउने उद्देश्यले सियारामको योजनाबद्ध ढंगले हत्या गरेको पाइएको प्रवक्ता जोशीले बताए। ‘सियारामले नेपाल लाइफ इन्स्योरेन्समा २८ लाखको जीवन बीमा गरेको पाइएको छ’, उनले भने, ‘त्यही रकम हत्याउने श्रीमतीले नै सियारामको हत्या गरिन् तर बीमाको रकम कुम्ल्याउने योजना भने सफल हुन सकेन।’

जनक कुमारीले रानाको हत्या गरेर शौचालयमा चिप्लिएर मृत्यु भएको भन्दै आफैँले प्रहरीलाई खबर गरेकी थिइन्। तर, मृतकको शव शौचालयमा नभएर घरको ग्यालरीको कुनामा सिरकले छोपिएको अवस्थामा भेटिएपछि जनक कुमारीमाथि प्रहरीले शंका गरेको थियो। त्यही भएर घटना घटेको दोस्रो दिनमै जनक कुमारीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको थियो।

मृतकको टाउको र तालुमा रहेको चोटका आधारमा प्रहरीले घटनाको अनुसन्धान गरेको थियो। ‘सियारामको घर कोठा खानतलासी गर्दा कोठा, कुर्सी, ढोकालगायतका ठाउँमा रगत लागेको भेटिएको थियो’, प्रवक्ता जोशीले भने, ‘खाटमुनी रगत लागेको इँट्टा भेटिएको थियो। दराजमा महिला र पुरुषले लगाउने कपडा रगतले भिजेको अवस्थामा फेला परेका थिए।’

सोधपुछका क्रममा जनक कुमारीले त्यस दिन बिहान आफूहरुबीच झगडा भएको र दिउँसो सुतेका बेला इँट्टा प्रहार गरी हत्या गरेको स्वीकार गरेकी थिइन्। जनक कुमारीसँग सोधपुछ गर्ने क्रममा भारतीय प्रेम फारुखकै योजनामा सियारामको हत्या गरेको तथ्य प्रहरीले फेला परेको थियो।

फारुखविरुद्ध पनि कर्तव्य ज्यान मुद्दामा १० दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रवक्ता जोशीले बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

60%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

40%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS