काठमाडौ । सन् १९७३ देखि स्थानीय अनुभवहरु प्रदान गर्न समर्पित मर्क्योरले नेपालमा यस ब्रान्डको पहिलो होटल मर्क्योर काठमाडौँ सुकेधारा हाइट्स उद्घाटनको घोषणा गरेको छ। काठमाडौंको मुटुमा अवस्थित यो नयाँ होटलले प्रत्येक ठाउँका मौलिकता प्रस्तुत गर्ने मर्क्योरको प्रतिबद्धता प्रतिबिम्बित गर्दै सबै यात्रुहरुलाई न्यानो र आत्मीय बसाइ प्रदान गर्दछ।
मर्क्योर होटल सोचविचार गरेर डिजाइन गरिएका हरेक कोठामा काठमाडौंको भावना भरिएका छन्। पाहुनाहरुले अत्याधुनिक सुविधा, प्राकृतिक प्रकाश र फराकिलो दृश्यावलीसहित सहरवरपरका डाँडाकाँडा र शानदार हिमालहरुका मनोरम दृश्यहरु देखिने सबै कोठाहरु रुम कन्फिगरेसनको दायराबाट छनौट गर्न सक्छन्। परम्परागत नेपाली सजावटसँग आधुनिक डिजाइन मिसिएको भित्री भागहरुले यस ठाउँको समृद्ध सम्पदा झल्काउने आत्मीय वातावरण सिर्जना गर्दछ।
होटलको अर्को आकर्षण भनेको विविधतायुक्त पकवानहरुको अनुभव पनि हो। दिनभरि चल्ने भोजन रेस्टुरेन्ट ९डीवाईएनई० डाइनले अन्तर्राष्ट्रिय क्लासिक्सदेखि प्रामाणिक स्थानीय स्वादसम्मको मेनु प्रदान गर्दछ। सोप्रा इटालियनले अथेन्टिक इटालियन खाना प्रदान गर्दछ भने जाइकाले परम्परागत भारतीय खाना र यसका मसलाहरुको बास्ना प्रदान गर्दछ। थप आरामदायी वातावरण खोज्नेहरुका लागि शुक्र बारले भित्री र बाहिरी दुवै सिटहरु भएको रुफटप लाउन्ज सेटिंग प्रदान गर्दछ। जुन रोमान्चक दृश्यहरुको आनन्द लिनका लागि उत्तम छ।
पाहुनाहरुले होटलको रुफटप इन्फिनिटी पूलमा काठमाडौं उपत्यकाका दृश्यहरु हेर्दै आराम गर्न सक्ने छन् भने स्टिम र साउना सुविधा सहितको अत्याधुनिक फिटनेस सेन्टरमा आफूलाई रिचार्ज गर्न पनि सक्नेछन्। आफ्नो बसाइको समयमा पाहुनाहरुले यी सुविधाहरु लिन सक्छन्।
मर्क्योर होटलले विवाहदेखि कर्पोरेट बैठक र सामाजिक उत्सवहरुसम्मका कार्यक्रम र जमघटहरुको लागि उपयुक्त स्थान पनि प्रदान गर्दछ। समर्पित कार्यक्रम टोलीले एक निर्वाध र यादगार अनुभव प्रदान गर्दै प्रत्येक अवसरलाई पूर्ण बनाउने छन्। यो होटलको उद्घाटन एसियाभरि एकोरको विस्तार यात्रामा एउटा प्रमुख कोशेढुंगा हो। ‘यो होटल हामीले सेवा गर्ने गन्तव्यहरुको समृद्ध संस्कृति र सम्पदाको उत्सव मनाउँदै यात्रुहरुलाई विशिष्ट र इमर्सिभ अनुभवहरु प्रदान गर्न प्रतिबद्ध छ’, होटलले भनेको छ।
‘मर्क्योर होटलले प्रत्येक स्थानको सम्पदा प्रवर्द्धन गर्ने लक्ष्यलाई मूर्त रुप दिएको छ’ एकोरका प्रिमियम, मिडस्केल र इकोनोमी डिभिजन, एसियाका चिफ अपरेटिङ अफिसर गार्थ सिमन्सले भने, ‘मर्क्योरसँग सहकार्य गरी यो सम्मानित ब्रान्डलाई नेपालमा ल्याउन पाउँदा हामी गौरवान्दित र्छौं।’
द मेट्रोपोलिटन होटल प्रालिका अध्यक्ष देश बन्धु बस्नेत ९अजित० ले भने ‘नेपालको जीवन्त संस्कृति र परम्परालाई अँगाल्दै असाधारण आतिथ्य प्रदान गर्ने हाम्रो साझा दृष्टिकोण अनुसार यो साझेदारी गरिएको हो। मर्क्योर काठमाडौँ सुकेधारा हाइट्स अन्तर्राष्ट्रिय मापदण्ड र नेपालको समृद्ध सम्पदा दुवै प्रदान गर्दै पाहुनाका लागि विशेष अनुभवहरु सिर्जना गर्न प्रतिबद्ध छ।’
यात्रुहरुको रोमन देवता मर्क्युुरीबाट प्रेरित मर्क्योर होटलहरु सुत्ने ठाउँ मात्र होइनन्, यी त गन्तव्यका पोर्टल हुन्, ठाउँहरुको खोज र अन्वेषण गर्ने न्यानो निमन्त्रणा हुन्। सन् १९७३ मा स्थापना भएदेखि मर्क्योर पाहुनाहरुका लागि एक इमर्सिभ अनुभव सिर्जना गर्दै प्रत्येक गन्तव्यका सम्पदाहरु प्रबर्द्धन गर्न समर्पित छ। ६० भन्दा बढी देशहरुमा १,००० भन्दा बढी होटलहरुको विश्वव्यापी पोर्टफोलियो भएको र २२० भन्दा बढी अन्य संरचना विकास गर्दै गरेको मर्क्योर प्रत्येक गन्तव्यका मौलिकता प्रबर्द्धन गर्न समर्पित छ।
पाहुनाहरुले आफ्नो बसाइको समयमा एकोरको पुरस्कारप्राप्त लाइफस्टाइल लोयालिटी कार्यक्रम अलको समेत फाइदा लिन सक्छन्। सबै सदस्यहरुले आफ्नो बसाइको समयमा अंक कमाउँछन् जुन विश्वव्यापी रुपमा पुरस्कार, सेवा र अनुभवहरुको लागि रिडिम गर्न सकिन्छ। सदस्यता निःशुल्क छ र धधध।बिि।अयm मा सजिलैसँग सामेल हुन सकिन्छ।