IME Life New

यस पटक पनि बीमा कम्पनीलाई लाभांश बाँडेन आइआइएनले

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल(आइआइएन) को छैठाैं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ। साधारण सभामा सञ्चालक समिति अध्यक्ष दिप प्रकाश पाण्डेले गत आर्थिक वर्ष २०८०।८१ को वित्तीय प्रतिवेदन र सञ्चालक समितिको प्रतिवेदन पेश गरेका थिए।

साधारण सभाले अध्यक्षले प्रस्तुत गरेको सञ्चालक समितिको प्रतिवेदन, वित्तीय प्रतिवेदन र लेखा परिक्षक नियुक्ति सम्बन्धि प्रस्ताव पारित गरेको छ। चालू आर्थिक वर्षको पहिलो अर्द्ध वार्षिक अवधिमै गत आर्थिक वर्षको तुलनामा झण्डै पचास प्रतिशतले आम्दानी वृद्धि गर्न सफल भएको जानकारी अध्यक्ष पाण्डेले सभालाई गराए।

Esewa
Crest

आइआइएनमा अधिकांश बीमा कम्पनी र नेपाल बीमा प्राधिकरणको शेयर लगानी रहेको छ। २०७५ साल माघ ८ गते नेपाल बीमा प्राधिकरण र नेपाली बीमकको पहलमा प्रारम्भिक चुक्ता पुँजी रु. १ करोड गरी स्थापना भएको यो इन्स्टिच्युटको अधिकृत पूँजी ३० करोड र जारी चुक्ता पूँजी २० करोड रूपैयाँ छ । सञ्चालनमा आएको ६ वर्षसम्म पनि यो संस्थाले लगानीकर्ता बीमकलाई लाभांश बाँड्न सकेको छैन ।

यो संस्थाले बीमा क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि बीमा सम्बन्धि विभिन्न तालिम कार्यक्रम सञ्चालन गर्दै आएको छ। यो संस्थाले गत आर्थिक वर्ष २०८०।८१ मा तालिम तथा प्रशिक्षण कार्यक्रम सञ्चालनबाट कुल ६५ लाख ६८ हजार रूपैयाँ आम्दानी गरेको थियो। इन्स्टिच्युटले सञ्चालन गर्ने तालिममा अनिवार्य सहभागिताका लागि प्राधिकरण मार्फत बीमकलाई दबाब दिइए पनि महँगो शुल्क तिरेर इन्स्टिच्युटको तालिममा बीमकले पर्याप्त संख्यामा कर्मचारी सहभागि गराउन अनिच्छुक देखिंदै आएका छन् ।

साधारण सभामा आइआइएनका प्रमुख कार्यकारी अधिकृत सुशिल देव सुवेदीले शैक्षिक कार्यक्रम सञ्चालनको सम्बन्धमा आइआइएनको भावी योजनाबारे जानकारी गराएका थिए ।

साधारण सभामा नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन कुमार दाहाल, इन्स्टिच्युट सञ्चालक समितिका सदस्यहरू नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्री, जीवन बीमक संघ नेपालका अध्यक्ष पोषक राज पाैडेल, नेपाल पुनर्बीमा कम्पनीका नायब प्रमुख कार्यकारी दामोदर भण्डारी, मेट लाइफका प्रमुख कार्यकारी निर्मल काजी श्रेष्ठ, पुनर्बीमा विज्ञ रमा दाहालका साथै जीवन र निर्जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS