IME Life New

यती एयरको टिकटमा रू पाँच सय छुट, ट्राभल कार्ड लिए सित्तैमा उडान गर्न पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । घरेलु वायू सेवा प्रदायक यती एयरलाइन्सले नयाँ वर्ष सन् २०२५ को शुरूवातसँगै यात्रीको सुविधाका लागि दुई बेग्लाबेग्लै प्रवर्द्धनात्मक योजना सार्वजनिक गरेको छ।

यती एयरले २०२४ डिसेम्बर ३१ तारेख २०२५ को जनवरी ३१ तारेखसम्ममा हवाई टिकट खरिदमा पाँच सय रूपैयाँ छुटको योजना सार्वजनिक गरेको छ। यो छुटको सुविधा प्राप्त गर्न यात्रुले यती एयरलाइन्सको वेबसाइट वा मोबाइल एप्समार्फत हवाई टिकट खरिद गर्नुपर्नेछ। वेबसाइट वा एप्समार्फत टिकट बुकिङ गरि सकेपछि अनलाइन भुक्तानी गर्नु अघि प्रोमो कोड प्रविष्ट गर्ने विकल्प देखा पर्छ। प्रोमो कोड HNYT25 प्रविष्ट(टाइप) गरेर भुक्तानीको बाँकी प्रकृया पुरा गर्दा टिकटको मूल्यभन्दा ५ सय रूपैयाँ छुट गरेर घटी टिकट मूल्य देखाउँछ र त्यति रकम मात्रै भुक्तानी गरी उपभोक्ताले लाभ लिन सक्छन्।

Esewa
Crest

यसैगरी यती ट्राभल कार्डको लागि पनि यती एयरलाइन्सले प्रवर्द्धनात्मक योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत एक मुष्ठ २५ हजार रूपैयाँ भुक्तानी गरेर ग्राहकले ट्राभल कार्ड खरिद गर्न सक्छन् । पहिले नै कार्ड खरिद गरि सकेका ग्राहकले पनि यती एयरलाइन्सको टिकट काउण्टरबाट आफ्नो कार्डमा यो रकम लोड गराउन सक्छन् । ट्राभल कार्डको मद्दतबाट यात्रीले यती एअरलाइन्सले उडान भर्ने गन्तव्यमा ४ महिनाभित्र १० पटकसम्म यात्रा गर्ने सुविधा प्राप्त गर्नेछन् । एअरलाइन्सका अनुसार कार्डको सुविधा प्रयोग गरेर खरिद गरिएको टिकट कार्डधारी यात्रुले अन्य व्यक्तिलाई हस्तान्तरण गर्न भने पाउने छैनन् । यो सुविधा नेपाली नागरिकलाई मात्र उपलब्ध गराइएको छ।

यती एयरलाइन्सले विभिन्न प्रवर्द्धनात्मक योजनामार्फत यात्रु आकर्षित गर्दै फुल अकुपेन्सी(सिट बराबर यात्रु) मा सेवा दिने रणनीति अपनाएको छ। विमानको सिट क्षमता बराबर यात्रु हुँदा सञ्चालन खर्च व्यहोर्न मद्दत मिल्नेछ। यो सँगै यात्रुको विश्वास पुनःस्थापित गर्ने रणनीतिमा पनि योगदान पुग्ने अपेक्षा एयरलाइन्सको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS