IME Life
GBIME

पाँच महिनामा पोलिसी सरेन्डरमार्फत जीवन बीमकबाट बाहिरियो ६ अर्ब १० करोड, कुनको कति ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को मंसिर महिनासम्ममा जीवन बीमा कम्पनीहरुको ४५ हजार बढी बीमालेख सरेन्डर भएको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार मंसिर महिनासम्ममा ४५ हजार ६० वटा बीमालेख समर्पणवापत कुल ६ अर्ब १० करोड ७२ लाख रुपैयाँ बीमा कोषबाट बाहिरिएको हो ।

प्राप्त तथ्याङक अनुसार संचालनमा रहेका जीवन बीमा कम्पनीहरुमध्ये समिक्षा अवधिमा एलआइसी नेपालको सरेन्डर सर्वाधिक देखिएको छ । बीमा पोलिसी सरेन्डर हुनु बीमा क्षेत्रको लागि नकारात्मक सूचक हो । पछिल्लो समय बीमा क्षेत्रमा अस्वस्थ प्रतिष्पर्धा, फोर्सफुल्ली बीमा पोलिसी खरिद, प्रलोभन लगायत गतिविधीका कारण बीमा पोलिसी सरेन्डरको दर बढ्दै आएको छ । एलआइसी नेपालको ११ हजार ७९३ वटा पोलिसी बराबर १ अर्ब ९३ करोड ३५ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको हो । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको ३१ दशमलव ६६ प्रतिशत हिस्सा हो ।

Crest

त्यस्तै, नेपाल लाइफको १० हजार ३१७ वटा बीमा पोलिसी वापत १ अर्ब ६७ करोड ९६ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको २७ दशमलव ५० प्रतिशत हिस्सा रहेको छ ।
राष्ट्रिय जीवन बीमा कम्पनीको ५ हजार ४१० वटा बीमा पोलिसी वापत ५१ करोड ३२ लाख रुपैयाँ बराबरको पोलिसी समर्पण भएको हो । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको ८ दशमलव ४० प्रतिशत हिस्सा हो । एशियन लाइफको ३ हजार ७५२ वटा बीमा पोलिसी वापत ४० करोड १४ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको ६ दशमलव ५७ प्रतिशत हिस्सा छ । नेशनल लाइफको २ हजार ५४१ वटा पोलिसी वापत ३७ करोड ११ लाख रुपैयाँको पोलिसी समर्पण भएको छ । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमकोे ६ दशमलव ०८ प्रतिशत हिस्सा हो ।

सूर्यज्योति लाइफको २ हजार ४८८ वटा पोलिसी वापत ३२ करोड ६४ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको ५ दशमलव ३५ प्रतिशत हिस्सा छ । हिमालयन लाइफको ३ हजार ३३ वटा बीमा पोलिसी वापत २८ करोड ३० लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको ४ दशमलव ६४ प्रतिशत हिस्सा छ । मेट लाइफको १५ सय १६ वटा बीमा पोलिसी वापत १७ करोड २३ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । सानिमा रिलायन्स लाइफको ७८७ वटा पोलिसी वापत १० करोड ९५ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको हो ।

आइएमई लाइफको ७६३ वटा बीमा पोलिसी वापत ८ करोड ४३ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो । सिटिजन लाइफको ११०८ वटा बीमा पोलिसी वापत ८ करोड रुपैयाँको पोलिसी सरेन्डर भएको हो । प्रभु महालक्ष्मी लाइफको ५४९ वटा बीमा पोलिसी वापत ७ करोड ८० लाख रुपैयाँको पोलिसी सरेण्डर भएको हो । रिलायबल नेपाल लाइफको ७०८ वटा बीमा पोलिसी वापत ४ करोड ४६ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो । सन नेपाल लाइफको २९५ वटा बीमा पोलिसी वापत २ करोड ९४ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

67%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS