IME Life New

मधेश प्रदेश सरकारले निःशुल्क गरिदिंदै प्रदेशका कृयाशील पत्रकारको बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मधेश प्रदेश सरकारले प्रदेशमा क्रियाशील रहेका पत्रकारहरूको निःशुल्क स्वास्थ्य तथा दुर्घटना बीमा गरिदिने भएको छ। प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयको आम सञ्चार प्राधिकरणले राष्ट्रिय बीमा कम्पनीसँग बीमा सेवाका लागि शुक्रबार सम्झौता गरेको हो ।

प्राधिकरणको निमित्त प्रशासकीय प्रमुख प्रसन्नराज कर्णले १ लाख रूपैयाँ बीमाङ्कको स्वास्थ्य बीमा र ७ लाख रूपैयाँ बीमाङ्कको दुर्घटना बीमाका लागि कम्पनीसँग सम्झौता पत्रमा हस्ताक्षर गरिएको जानकारी दिए ।

Esewa
Crest

मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले प्रदेश सरकार सञ्चारमैत्री सरकार भएको उल्लेख गर्नुहुँदै पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमा निःशुल्क रुपमा गरेर प्रमाणित गरेको बताए ।

आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवका अनुसार प्रदेशमा पछिल्लो तीन वर्षदेखि निरन्तर कृयाशील सबै पत्रकारको स्वास्थ्य र दुर्घटना बीमाको प्रबन्ध मिलाइएको जानकारी दिए । उनका अनुसार यसवर्ष ८ सय पत्रकारको बीमा नेपाल पत्रकार महासंघको सिफारिसमा वा सञ्चारगृहको सिफारिसका आधारमा गरिनेछ।
बीमाको अवधि १ वर्षको हुनेछ।

बीमा अवधिभित्र बीमित पत्रकार बिरामी परेर उपचार गराउनुपरेमा वर्षभर १ लाख रूपैयाँसम्मको उपचार खर्च, वा दुर्घटनामा परेर घाइते भएर उपचार गराउनु परेमा वा निधन भएमा ७ लाख रूपैयाँसम्मको क्षतिपूर्ती बीमा कम्पनीले दिनेछ।

मधेश प्रदेश सरकारले स्वास्थ्य बीमा निर्जीवन बीमकबाट गराउनुको साटो स्वास्थ्य बीमा बोर्डको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत गराउनु उपयुक्त हुने स्वास्थ्यकर्मीहरूको धारणा छ। पत्रकारले बीमा कार्यक्रम अन्तर्गत उपचार सुविधा लिंदा सर्वसाधारणले खेप्नु परेको सास्तीको प्रत्यक्ष अनुभव गरेर कार्यक्रम सुधार गर्न दबाब दिने वातावरण बन्ने उनीहरूको आशा छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS