IME Life New

बीमा प्राधिकरणको परिपत्रले बीमितलाई राहत, बीमकलाई सकस

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो अर्द्ध वार्षिक अवधिको अन्तिम महिना चलि रहेका बेला नेपाल बीमा प्राधिकरणले जारी गरेको परिपत्रले नयाँ भन्दा पनि पुराना जीवन बीमकलाई झस्काई दिएको छ। प्राधिकरणले दाबी वापतको रकम बीमितको बैंक खातामा भुक्तानी नगर्दै कुनै पनि बीमालेख जारी गर्ने प्रयोजनमा नल्याउन निर्देशन दिएको छ।

सञ्चालनमा आएको डेढ दशक पुरा गरि सकेका जीवन बीमकका लागि पुराना बीमित पनि नयाँ व्यवसायका लागि सहज श्रोतका रूपमा उपयोग हुँदै आएका थिए । बीमालेखको अवधि पुरा हुनै लागेका बीमितलाई सकृयतापूर्वक सम्पर्क गर्दै बीमकले पुनः बीमा गराउन फकाउने र नयाँ व्यापार प्राप्त गर्ने प्रचलन थियो। प्राधिकरणले जारी गरेको निर्देशनको हुबहु पालना हुने हो भने बीमकले आफ्नो खातामै बीमितको दाबीवापतको पैसा भुक्तानी नगर्दै नयाँ बीमालेख जारी गर्ने प्रयोजनका लागि त्यो रकम प्रयोग गर्न पाउने छैनन् ।

Esewa
Crest
Insurance Claim Digital Payment

वैदेशिक रोजगार बीमा अन्तर्गत मृत्यु वा अपाङ्गता दाबीवापतको रकम भुक्तानी लिन आउने आश्रित परिवारजनलाई पनि नयाँ बीमा नगरेसम्म दाबी रकम नपाइने आशयको सन्देश दिएर बीमकले बीमाका लागि दबाब दिने प्रवृत्ती समेत छ। यो विषयमा विभागले प्राधिकरणमार्फत जीवन बीमकलाई डाँकेर सचेत समेत गराउँदा समेत पीडित परिवारलाई दबाब दिने प्रवृत्ती रोकिएको छैन ।

वैदेशिक रोजगार विभागका महानिर्देशक समेत रही सकेका प्राधिकरणको कार्यवाहक अध्यक्ष मदन कुमार दाहाल वैदेशिक रोजगारी म्यादी बीमाको दाबी भुक्तानी दिनुपर्दा जीवन बीमकले पीडित परिवारलाई झनै प्रताडित गरेको विषयबारे राम्ररी जानकार छन् । त्यसैले उनले प्राधिकरणको नेतृत्व सम्हाले लगत्तै प्राथमिकताका साथ दाबी भुक्तानीको रकम डिजिटल माध्यमबाट भुक्तानी गर्न र दाबीको रकमबाट बीमालेख जारी नगर्न निर्देशन दिने निर्णय प्राधिकरणको पाैष ५ गतेको बोर्ड बैठकबाट गर्न भ्याए। प्राधिकरणले पाैष ९ गते जारी गरेको चलानी नम्बर २९६३ को परिपत्रमार्फत् जारी दाबी वापतको रकम अनिवार्यरूपमा बैंक खातामा भुक्तानी दिनु भन्ने निर्देशनले बीमित र आश्रित परिवारजन दुबैलाई राहत मिल्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

86%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

14%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS