IME Life New

कर्णालीमा जीवन बीमकको व्यवसाय ३% मात्रै, अन्य प्रदेशमा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमकको व्यवसाय कर्णाली प्रदेशमा निकै कम देखिएको छ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मंसिरसम्मको तथ्यांकबाट यस्तो देखाएको हो। मंसिरसम्म १४ बीमा कम्पनी र ३ वटा लघु जीवन बीमा कम्पनीले देशभरबाट १ करोड ३८ लाख ३८ हजार ८७७ वटा बीमालेख बिक्री गरेर ६६ अर्ब १४ करोड ५३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। जब कि कर्णाली प्रदेशबाट कम्पनीहरुले २ अर्ब ५३ करोड रुपैयाँमात्रै कुल बीमाशुल्क आर्जन गरेका छन्। यो हिसाबले कर्णाली प्रदेशबाट बीमकहरुको कुल व्यापारमा ३.०३ प्रतिशतमात्रै व्यवसाय भित्रिएको देखिन्छ।

Esewa
Crest

तथ्यांकअनुसार जीवन बीमा व्यवसायको ठूलो बजार बागमती प्रदेश देखिएको छ। अन्य प्रदेशको तुलनामा बागमतीबाट जीवन बीमकले धेरै व्यवसाय भित्र्याएका छन्।

चालु आर्थिक वर्षको मंसिर बीमकहरुले बागमती प्रदेशबाट मात्रै २८ अर्ब ४० करोड ३४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। यो कुल व्यवसायको ४२.९४ प्रतिशत हिस्सा हो।

यसैगरी दोस्रो धेरै व्यापार कम्पनीहरुले लुम्बिनी प्रदेशबाट भित्र्याएका छन्। यो प्रदेशबाट कम्पनीहरुले १० अर्ब ५२ करोड १३३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। यो कुल व्यापारको १५.९१ प्रतिशत हिस्सा रहेको छ।

तेस्रो धेरै व्यापार कोशी प्रदेशमा रहेको देखिन्छ। कम्पनीहरुले कोशीबाट ८ अर्ब २१ करोड २८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। यो कुल व्यापारको १२.४२ प्रतिशत हिस्सा हो।

यसैगरी मंसिरसम्म कम्पनीहरुले गण्डकी प्रदेशबाट ८ अर्ब ८८ करोड १४ लाख रुपैयाँ, मधेश प्रदेशबाट ५ अर्ब ९९ करोड ५ लाख रुपैयाँ र सुदूरपश्चिम प्रदेशबाट ४ अर्ब १३ करोड ३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। कुल व्यापारमा गण्डकीको हिस्सा १०.४० प्रतिशत, मधेशको ९.०६ प्रतिशत र सुदूरपश्चिमको ६.२४ प्रतिशत हिस्सा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS