IME Life New

कामदारलाई ‘यातना’ दिएपछि ब्राजिलमा बीवाईडीको निर्माणाधीन कारखानाको काम रोकियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामदारलाई चरम यातना दिएको भन्दै ब्राजिलमा निर्माणाधीन बीवाईडीको कारखानाको काम रोकिएको छ।

ब्राजिलियन नियामकले चिनियाँ इलेक्ट्रिक कार निर्माता कम्पनी बीवाईडीको कारखाना निर्माणको काम रोकेको हो। कारखाना निर्माणमा खटिएका कामदारलाई चरम यातना दिएर काममा खटाउने गरेको पाइएको ब्राजिलको सार्वजनिक श्रम अभियोजकको कार्यालयले काम रोकेको हो। बीवाईडीको कारखाना निर्माणस्थलबाट १६० जना कामदारलाई उद्धार गरिएको पनि कार्यालयले जनाएको छ।

Esewa
Crest

ब्राजिकको दक्षिणपूर्वी सहर बाहियामा बीवाईडीको कारखाना निर्माणको काम भइरहेको छ। ‘कारखाना निर्माणको जिम्मा पाएको कम्पनीले कामदारको पासपोर्ट कब्जामा लिनुका साथै महिनौँदेखि तलब पनि भुक्तान नगरेको पाइएको छ’, कार्यालयद्वारा विज्ञप्तिमा भनिएको छ, ‘कामदारलाई अनावश्यक दबाब र तनावमा काम गर्नुपरिरहेको अवस्था देखिएको छ।’

बीवाईडीको यो कारखाना एसियाबाहिरको पहिलो हो। यो कारखाना सन् २०२५ मार्चबाट सञ्चालन ल्याउने तयारी कम्पनीले गरेको थियो।

कारखाना ब्राजिलयन कम्पनी जिनजियाङ कन्स्ट्रक्सन कम्पनीले निर्माणा गरिरहेको छ। कारखानामा काम गर्ने कामदारलाई सुत्नका लागि खाट पनि नरहेकोले म्याट्रेसको प्रयोग भइरहेको पाइएको अभियोजक कार्यालयले जनाएको छ। ‘एउटै बाथरुम ३१ जनासम्मले प्रयोग गर्दै आएका थिए’, कार्यालयको विज्ञप्तिमा भनिएको छ, ‘उनीहरुलाई कामका लागि बिहानै उठ्नुपर्ने र साँझ अबेरसम्म काम गर्नुपर्ने बाध्यताकारी नियम लागू गरेको पाइएको छ।’

बीवाईडीले एउटा विज्ञप्ति जारी गर्दै कामदारलाई यातना दिएर काम गराउने कन्स्ट्रक्सन कम्पनीसँगको सम्झौता रद्द गरिएको जनाएको छ। ‘प्रभावित कामदारलाई होटलमा स्थानान्तरण गरिएको छ’, विज्ञप्तिमा भनिएको छ।

बीवाईडीले यसअघि पनि कारखानामा भइरहेको काम र कामदारको बसोबास अवस्थाबारे कन्स्ट्रक्सन कम्पनीसँग बारम्बार विवरण माग्ने काम भएको दाबी गरेको छ। ‘हामीले थुप्रैपटक कन्स्ट्रक्सन कम्पनीलाई कारखाना निर्माणस्थलमा काम र कामदारको अवस्थामा सुधार ल्याउन भनेका थियौँ’, विज्ञप्तिमा भनिएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS