काठमाडौं । जीवन बीमा कम्पनीहरुको नवीकरण बीमाशुल्क सामान्य बढेको छ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसिरसम्म १४ वटा जीवन बीमा कम्पनीले ५२ अर्ब ८ करोड १९ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्ष मंसिरसम्म कम्पनीहरुले ५० अर्ब ७७ करोड ३८ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका थिए। गत वर्षको तुलनामा समीक्षा अवधिसम्म कम्पनीहरुको नवीकरण बीमाशुल्क २.५८ प्रतिशतले बढेको छ।
चालु आर्थिक वर्षको मंसिरसम्म सर्वाधिक नवीकरण बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ रहेको भने बढोत्तरीको हिसाबले रिलायबल नेपाल लाइफ अग्रस्थानमा रहेको छ। समीक्षा अवधिमा नेपाल लाइफले १५ अर्ब ४१ करोड ६१ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको छ।
अघिल्लो वर्ष मंसिरसम्म नेपाल लाइफले १४ अर्ब १७ करोड १७ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ८.७८ प्रतिशत बढेको छ।
यसैगरी रिलायबल नेपाल लाइफले चालु आर्थिक वर्षको मंसिरसम्म १ अर्ब ३४ करोड ३९ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष मंसिरसम्म कम्पनीले १ अर्ब ४ करोड ६० लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको थियो। गत वर्षको तुलनामा रिलायबल नेपाल लाइफको नवीकरण बीमाशुल्क आर्जन २८.४८ प्रतिशतले बढेको छ।
समीक्षा अवधिसम्म दोस्रो सर्वाधिक नवीकरण बीमाशुल्क आर्जन गर्नेमा लाइफ इन्स्योरेन्स कर्पोरेसन रहेको छ। यो कम्पनीले समीक्षा अवधिसम्म ६ अर्ब ६३ करोड ६६ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष मंसिरसम्म कम्पनीले ६ अर्ब ११ करोड २६ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म कम्पनीको नवीकरण बीमाशुल्क ८.५७ प्रतिशतले बढेको छ।
तेस्रोमा नेसनल लाइफ रहेको छ। कम्पनीले समीक्षा अवधिसम्म ६ अर्ब ७२ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यो कम्पनीले ५ अर्ब ५४ करोड २६ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म कम्पनीको नवीकरण बीमाशुल्क ८.३८ प्रतिशत बढेको छ।
चालु आर्थिक वर्षको मंसिरसम्म हिमालयन लाइफले ५ अर्ब ७८ करोड ७६ लाख रुपैयाँ नवीकरण बीमाशुल्क उठाएको छ। अघिल्लो वर्ष मंसिरसम्म कम्पनीले ५ अर्ब ९८ करोड ७७ लाख रुपैयाँ उठाएको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नवीकरण बीमाशुल्क ३.३४ प्रतिशतले घटेको छ।
यसैगरी समीक्षा अवधिसम्म सूर्यज्योति लाइफले २ अर्ब ९६ करोड ३७ लाख रुपैयाँ, एसियन लाइफले २ अर्ब ६९ करोड १२ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले १ अर्ब ९१ करोड ९५ लाख रुपैयाँ, सिटिजन लाइफले १ अर्ब ८७ करोड १३ लाख रुपैयाँ र मेट लाइफले १ अर्ब ८२ करोड ७२ लाख रुपौयाँ नवीकरण शुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा कम्पनीहरुको यो नवीकरण शुल्क क्रमशः १०.९२ प्रतिशत, ९.४१ प्रतिशत, ५.९६ प्रतिशत, १६.०३ प्रतिशत र ६.७१ प्रतिशतले बढी हो।
समीक्षा अवधिसम्म राष्ट्रिय जीवन बीमा कम्पनीले १ अर्ब ७८ करोड रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको छ। अघिल्ले वर्ष यही अवधिसम्म कम्पनीले ४ अर्ब २४ करोड २५ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म कम्पनीको नवीकरण बीमाशुल्क आर्जन ५८.०४ प्रतिशतले घटेको छ।
त्यस्तै चालु आर्थिक वर्षको मंसिरसम्म प्रभु महालक्ष्मी लाइफले १ अर्ब ४४ करोड ६४ लाख रुपैयाँ, आइएमई लाइफले १ अर्ब ३५ करोड ७३ लाख रुपैयाँ र सन नेपाल लाइफले १ अर्ब ३ करोड ३४ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा कम्पनीहरुको नवीकरण बीमाशुल्क आर्जन क्रमशः ७.८९ प्रतिशत, १९.४३ प्रतिशत र ११.७३ प्रतिशतले बढेको छ।