IME Life New

वैदेशिक रोजगार बीमा व्यवसायमा सन नेपाल लाइफ एक्लैको हिस्सा साढे ४२%, अरुको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको मंसिरसम्म बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेख बिक्री गरेर १ अर्ब ३८ करोड रुपैयाँ बढीको व्यापार गरेका छन्।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ५ महिनाको तथ्यांकअनुसार १२ वटा जीवन बीमा कम्पनी र ३ वटा लघु जीवन बीमा कम्पनीले २३ लाख ११ हजार ३९० वटा वैदेशिक रोजागार बीमालेख बिक्री गरेर १ अर्ब ३८ करोड १ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।

Esewa
Crest

वैदेशिक रोजगार बीमाबाट सर्वाधिक व्यापार भित्र्याउनेमा सन नेपाल लाइफ रहेको छ। यो कम्पनीले वैदेशिक रोजगार बीमालेख बिक्री गरेर ५८ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो शीर्षकको व्यापारमा सन नेपाल लाइफको एक्लैको हिस्सा ४२.५८ प्रतिशत रहेको छ।

दोस्रोमा एसियन लाइफ रहेको छ। यो ५ महिनामा एसियन लाइफले वैदेशिक रोजगार बीमालेख बिक्री गरेर २८ करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। वैदेशिक रोजगार बीमा व्यवसायमा यो कम्पनीको हिस्सा २०.५१ प्रतिशत रहेको छ।

सर्वाधिक वैदेशिक रोजगार बीमा व्यवसाय भित्र्याउने तेस्रो कम्पनीमा नेपाल लाइफ रहेको छ। यो कम्पनीले १२ करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। जुन कुल व्यापारको ८.७५ प्रतिशत हिस्सा हो।

यसैगरी मंसिरसम्म वैदेशिक रोजगार बीमालेख बिक्री गरेर नेसनल लाइफले १० करोड १६ लाख रुपैयाँ (७.३७ प्रतिशत), आइएमई लाइफले ६ करोड ७० लाख रुपैयाँ (४.८६ प्रतिशत), सानिमा लाइफले ६ करोड ५६ लाख रुपैयाँ (४.७६ प्रतिशत), सूर्यज्योति लाइफले ५ करोड ९९ लाख रुपैयाँ (४.३५ प्रतिशत), रिलायबल नेपाल लाइफले ५करोड ३१ लाख रुपैयाँ (३.८५ प्रतिशत), सिटिजन लाइफले ३ करोड ८५ लाख रुपैयाँ (२.७९ प्रतिशत), प्रभु महालक्ष्मीले १५ लाख ११ हजार रुपैयाँ (०.११ प्रतिशत) र हिमालयन लाइफले १२ लाख ८ हजार रुपैयाँ (०.०९ प्रतिशत) कुल बीमाशुल्क आर्जन गरेका छन्।

उता लघु जीवन बीमकमध्ये लिबर्टी माइक्रो लाइफले वैदेशिक रोजगार बीमालेख बिक्री गरेर ५ लाख ५५ हजार रुपैयाँ, गार्डियन माइक्रो लाइफले २ लाख ३८ हजार रुपैयाँ र क्रेष्ट माइक्रो लाइफले २ लाख १८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। वैदेशिक रोजगार बीमाको कुल व्यापारमा लिबर्टी माइक्रो लाइफको हिस्सा ०.०४ प्रतिशत, गार्डियन माइक्रो लाइफको ०.०२ प्रतिशत र क्रेष्ट माइक्रो लाइफको ०.०२ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS