IME Life New

जीवन बीमकको साढे ६% ले बढ्यो व्यापार, वृद्धिदरमा रिलायबल नेपाल अगाडि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुको व्यापार साढे ६ प्रतिशतले बढेको छ।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसिरसम्म १४ वटा जीवन बीमकले कुल ६५ अर्ब ७४ करोड १८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्ष यही अवधिमा कम्पनीहरुले ६१ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा जीवन बीमकहरुको व्यापार ६.४७ प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा अवधिसम्म सर्वाधिक व्यापार गर्नेमा नेपाल लाइफ रहेको छ भने व्यापार वृद्धिको हिसाबले रिलायबल नेपाल लाइफ अगाडि रहेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा १२ वटा जीवन बीमकको व्यापार बढेको छ भने २ वटाको घटेको छ।

चालु आर्थिक वर्षको मंसिरसम्म नेपाल लाइफले १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा ११.९६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म नेपाल लाइफले १६ अर्ब ७६ करोड ८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

दोस्रो सर्वाधिक व्यापार भित्र्याउनेमा नेसनल लाइफ रहेको छ। नेसनल लाइफले मंसिरसम्म ७ अर्ब ९८ करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष सोही अवधिसम्म यो कम्पनीले ७ अर्ब १६ करोड २३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा नेसनल लाइफको व्यापार पनि १०.७४ प्रतिशतले बढेको छ।

तेस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसन रहेको छ। अघिल्लो वर्ष ६ अर्ब ९२ करोड १ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेकोमा समीक्षा अवधिमा १०.७४ प्रतिशतले बढेर ७ अर्ब ६६करोड ३६ लाख रुपैयाँ पुगेको छ।

यसैगरी चालु आर्थिक वर्षको मंसिरसम्म हिमालयन लाइफले ६ अर्ब ७९ करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा हिमालयन लाइफको व्यापार ०.११ प्रतिशतले घटेको छ।

मंसिरसम्म सूर्यज्योति लाइफले ३ अर्ब ९९ करोड ६८ लाख रुपैयाँ, एसियन लाइफले ३ अर्ब ३६ करोड ४ लाख रुपैयाँ, सिटिजन लाइफले २ अर्ब ६५ करोड ५४ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले २ अर्ब ५९ करोड ७५ लाख रुपैयाँ र मेट लाइफले २ अर्ब ३३ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनाम समीक्षा अवधिमा सूर्यज्योति लाइफको व्यापार १५.५७ प्रतिशत, एसियन लाइफको ११.०९ प्रतिशत, सिटिजन लाइफको १८.५९ प्रतिशत, सानिमा रिलाइन्स लाइफको ९.६३ प्रतिशत र मेट लाइफको ६.३५ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको ५ महिनामा राष्ट्रिय जीवन बीमा कम्पनीले २ अर्ब २५ करोड ८१ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ९४ करोड २५ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब ९२ करोड १५ लाख रुपैयाँ, आइएमई लाइफले १ अर्ब ८९ करोड ४९ लाख रुपैयाँ र सन नेपाल लाइफले १ अर्ब ५७ करोड ५६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको यही अवधिको तुलनामा समीक्षा अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनीको व्यापार ५०.० प्रतिशतले घट्दा प्रभु महालक्ष्मीको १५.९० प्रतिशत, रिलायबल नेपाल लाइफको २५.४४ प्रतिशत, आइएमई लाइफको १५.७० प्रतिशत र सन नेपाल लाइफको ८.७१ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS